जनगायक जीवन शर्माद्वारा विद्यालयलाई २५ हजार सहयोग

0
633

तमघास । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जनगायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभूवन माविका लागि नगद २५ हजार सहयोग गर्नु भएको छ । श्रमजीवी सर्वहारा वर्गको मुक्ति अभियानमा प्रगतिशील गीत/सङ्गीतको क्षेत्रबाट निरन्तर क्रियाशील रहनु भएका जनगायक शर्माको जीवन पद्धति पनि सर्वहारा शैलीमै चली रहेको छ । तर सर्वहारा जीवन शैलीमा बाची रहेका उनै जनगायक शर्माले विद्यालयलाई आर्थिक सहयोग गरेपछि कुर्घाका स्थानीय वासिन्दा हर्षित भएका छन् । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गीत आउन आउनु भएका जनगायक शर्माले सो सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

सांस्कृतिक कार्यक्रममा गीत गाउन आउनु भएका जनगायक शर्माले विद्यालयलाई गुल्मीकै नमूना गराउन र व्यवसायिक शिक्षा सुरु गर्ने उद्देश्य पुरा गर्न भन्दै नगद हस्तान्तरण गर्नु भएको थियो । सर्वहारा जनताको पक्षमा गीत गाउने शर्माले कुर्घाको भुवाचिदी बजारमा रहेको विद्यालयलाई दिनु भएको उक्त सहयोग रकम विभिन्न ठाउामा उहााले गीत गाउादा प्राप्त सहयोगबाट सङ्कलन गर्नु भएको बुझिएको छ । विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानीयलाई थप सहयोगको लागि प्रेरित गरेको बताउनु भयो । जनगायक शर्मालाई विद्यालयको तर्फबाट मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा लगायतले सम्मान गर्नु भएको थियो ।

छ दिनसम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह २०७४ फागुन ८ गते सकिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको थियो । ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा एक करोड ९५ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ । २०२४ सालमा स्थापना भएको उक्त विद्यालय शैक्षिक सँगसँगै खेलकुद तथा अन्य विद्यामा समेत उत्कृष्ट विद्यालयको रूपमा प्रस्तुत हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here