जगदिशपुर तालमा बढ्दो चराको संख्या हेर्न पर्यटकहरुको हुल

0
333

रमेश पौडेल,
मङ्सिर २३, कपिलवस्तु ।
ताल छेउमा भिउ टावरमा चढेर दुरबिनको मदतले चरा र वरपरका दृश्यले मन नलोभाउने सायद कोही होला । यतिवेला यस्तै परिदृष्यले लोभ्याउँदै छ जगदिशपुर ताल र तालमा सरर डुङ्गामा चढेर चरा हेर्नुको मज्जा नै बेग्लै छ । जाडो बढेसँगै जगदिशपुर तालमा साइबेरियन चराचुरुङ्गी बढेका छन् । साइबेरियन चरा आउन थालेपछि झनै तालको वातावरण मनोरम बनेको छ ।

चराको सङ्ख्या बढेसँगै आन्तरिक तथा वाह्य पर्यटकलाई समेत लोभ्याउन थालेको छ । तालमा डुङ्गामा सयर गर्ने व्यवस्था पनि भएकोले आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

जगदिशपुर तालको संरक्षण र संवर्धनका लागि जगदिशपुर जलाशय बहुसरोकार मञ्च सक्रिय भएपछि तालमा सरसफाइ , डुङ्गा तथा भ्यू टावरको उचित व्यवस्थापन पाएको छ ।
सरकारले ५ नम्बर प्रदेशको मूख्य पर्यटकीय केन्द्र घोषणा र डुङ्गाको व्यवस्था पछि पर्यटकको सङ्ख्या बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here