छैठौं बागलुङ अन्धविश्वास विरुद्धको सचेतना अभियानमा

0
249

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं बागलुङले अन्धविश्वास विरुद्धको सचेतना अभियान २०७५ आज शान्ति मावि जैमिनि १ कुस्मिसेराबाट उद्घाटन गरेको छ । समाजमा व्यप्त रुपमा रहेको सामाजिक अन्धविश्वासको असर समाजका सिर्जनशील समुदाय विद्यार्थीहरुमा पनि नजानिदो रुपमा अन्धविश्वासको जरा गाड्न थालेकाले उक्त अवश्थामा बिद्यार्थीहरुलाई सचेत र संगठित गरि आदर्श समाज निमार्णका लागि जिल्ला व्यापिरुपमा सबै मावि र क्याम्पसमा कार्यक्रम थालेको अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसेले बताएका छन् ।

कर्यक्रममा अखिल छैठौं प्रदेश नम्बर ४का संयोजक अर्जुन शर्मा, राजमो बागलुङका सदस्य ठाकुर प्रसाद शर्मा समेतको उपस्थिति रहेको थियोे ।

कार्यक्रमबाट प्रदिप सापकोटाको अध्यक्षतामा १५ सदस्यीय अखिल छैठौं शान्ति मावि मुल ईकाइ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सपना आचार्य सचिव अमृत पौडेल सहसचिव निशा शर्मा कोषाध्यक्ष अन्जना शर्मा रहनु भएको छ । ईकाई भेलाले ७१ सदस्यीय अखिल छैठौं शान्ति मावि संगठन समिति पनि गठन गरेको छ ।

म्पर्क ९८५७६२५५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here