छाना नहुनेको लागि वास बनोस् नयाँबर्ष

0
41

गजल

छाना नहुनेको लागि वास बनोस् नयाँबर्ष
खाना नहुनेको लागि गास बनोस् नयाँबर्ष ।।

उत्साह र उमंगका किरणहरु छरेर
निराशहरुको लागि आस बनोस् नयाँबर्ष ।।

स्वस्थता र स्फुर्तिको प्राप्त होस सञ्जीवनी
रोग र ब्याधिको लागि नास बनोस् नयाँबर्ष ।।

लम्की प्रगतिपथमा छाओस् सुख र समृद्धि
मानो नहुनेको लागि रास बनोस् नयाँबर्ष ।।

बिगतका बर्षहरु जे जसरी बिते पनि
यसपाली सबैको लागि खास बनोस् नयाँ बर्ष ।।

-हिमाल सागर शर्मा (श्याम )
बाग्लुङ (हाल कुवेत)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here