चेन्नैमा प्रगतिशिल तीज कार्यक्रम भव्यरुपमा सम्पन्न

0
110

चेन्नै, २०१९ सेक्टेम्वर १
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज एकैदिन चेन्नैको तिनवटा स्थान दक्षिण, पश्चिम तथा उत्तर–पूर्व नगरमा नेपाली चेलीहरुको विशेष पर्व हरितालिका तीजमा विभिन्न कार्यक्रम गरी भव्यरुपमा सम्पन्न गरेको छ । चेन्नैको उत्तर र पूर्व नगर समितिको पहलमा आयोजीत कार्यक्रम मूलप्रवाहका केन्द्रीय सदस्य महेन्द्र वस्यालले उद्धघाटन गर्दै “नेपाली नारीहरु अव केवल चुलो चौकोमा सिमित नभएर नारीमूक्तिको निमित्त एकजुटभएर उठ्नु पर्ने बताउनु भयो ।” उहाँले भन्नु भयोः “आज लाखौं नेपालीहरु गास बास कपासको समस्याले भारत लगाएत विश्वभरी भौतारीनु परेको छ । बैदेशिक रोजगारीले देशमा विकराल समस्या उब्जाएको छ । हजारौं हजार घर परिवार विछोडिएका छन । गाउँघर रित्तिएका छन । देशमा एकखालको कम्युनिष्ट नामधारी सरकार भएपनि दुखि गरिब प्रवासी नेपालीको समस्यालाई नजिकबाट सम्बोधन गर्न सकेको छैन । हाम्रा समस्या उस्तै छन र हाम्रा पिरहरु पनि उस्तैछन । त्यसैले अब झन उच्चप्रकारको संघर्षको खाँचो छ भन्नु भयो ।” त्यसैगरी कार्यक्रममा उमानन्द आचार्य, चन्द्रबहादुर थापा, तिलक गोराथोकी, बोमलाल बसेल, कांशीराम शर्मा, दिपा केसी, फुलमाया केसी, कोटी प्रसाद पोख्रेल, मोहराज सुवेदी र सोनु बराले आ-आफ्नो मनतव्य राख्नु भएको थियो भने तारा शर्माले कार्यक्रम संचालन गर्नु भएको थियो त्यसैगरी तिनवटा नगरमा कार्यक्रम सानदाररूपमा सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here