चेन्नई पूर्वमा एरिया सम्मेलन सम्पन्न

0
456

चेन्नई पूर्व, ५ अगस्त । मूल प्रवाह चेन्नई पुर्व नगर समिति द्वारा संचालीत कुमार नगर र सेमन्नचरी एरिया समितिको संयुक्त नवौं सम्मेलन सम्पन्न भएको छ । टीका थापाको सञ्चालन र सुर्य प्रसादको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलन केन्द्रीय सदस्य यम प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्मेलनमा रा.ज.मो.केन्द्रीय कार्यलय व्यवस्थापक कुलबहादुर थापाको विशेष आतिथ्यता रहेको थियो । एक मिनेट मौनधारण पछि लक्ष्मण चालिसेले स्वागत भाषण गर्नुभएको थियो ।

नगर समितिका अध्यक्ष चन्द्रबहादुर थापाले सम्मेलनको उद्घाटन गर्नु भएको सो सम्मेलनमा कुलबहादुर थापा, यमप्रसाद शर्मा, क्षेत्रीय समितिबाट बोमलाल बसेल, महिला बिभागबाट लक्ष्मी चालिसे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कुमार नगर एरिया समितिः

अध्यक्ष– लोक प्रसाद, उपाध्यक्ष– कर्णबहादुर सुनार सचिव– बिमल ला.छ., उपसचिव– पवन ढकाल र कोषाध्यक्ष– टीका थापा रहेका छन् । त्यस्तै सदस्यहरूमाः बाबुराम सापकोटा, बिष्णु प्रसाद पराजुली, बैकल्पीक सदस्यमाः दुर्गा थापा र नरेन्द्र थापा रहेका छन् । त्यस्तै सल्लाहकारमाः लालबहादुर ला.छ, मीना सुनार र तारा सुनार रहेका छन् । नवनिर्वाचित समितिको घोषणा काशीराम शर्माले गर्नु भएको थियो ।

सेमनचेरी एरिया समितिः

अध्यक्ष– सुर्य प्रसाद भुसाल, उपाध्यक्ष– लक्ष्मण चालिसे, सचिव– कमल प्रसाद रेग्मी, सहसचिव– अशोक पुन र कोषाध्यक्ष– नबिन थापा रहेका छन् । सदस्यहरुमाः प्रेम थापा, तेजनाथ ढकाल, मेघ प्रसाद, ओमबहादुर वि.क., बैकल्पिक सदस्यहरुमाः शंकर बी.सी, यमुना थापा, जीवन पौडेल र महेन्द्र थापा रहेका छन् । त्यस्तै सल्लाहकारमा लक्ष्मी चालिसे, नवराज सापकोटा, फनाधर पोख्रेल र डम्बर बहादुर परियार रहेका छन् । नवनिर्वाचित समितिको घोषणा कोटी प्रसाद पोखरेलले गर्नुभएको थियो ।

क्षेत्रीय समितिका बैकल्पिक सदस्य काशीराम शर्मा, पश्चिम नगर समितिबाट हिरामणी शर्मा, अर्जुन के.सी., नेत्रलाल शर्मा, पुर्व नगर समितिबाट कोटी प्रसाद पोख्रेल र दयाराम बि.कले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

त्यसै अवसरमा २९ जुलाईका दिन बिभीन्न खेलकुद कार्यक्रम पनि आयोजन गरिएको थियो । एरिया स्तरीय भलिवल खेलमा आठ टीम सहभागी थिए । जसमाः प्रथम अल्लरपेट, दोस्रो अम्बाटुर, महिला म्युजिक चेयरमा प्रथम रिता भुसाल, दोस्रो लक्ष्मी चालिसे, तेस्रो देवि सुवेदी, वालदौड तर्फ प्रथम बिकास सापकोटा, दोस्रो लिसा चालीसे र तेस्रो बिनोद सापकोटा, घैटोफोरमा पहिलो लक्ष्मी चालिसे, दोस्रो शंकर बी.सी., तेस्रो प्रिया थापा विजयी भएका थिए । विजयी टिम तथा खेलाडीहरुलाई केन्द्रीय सदस्य यम प्रसाद शर्माद्वारा पुरस्कृत गरिएको थियो ।

गोल्डेन विच एरीया समिति

          त्यसतैगरी ४ अगस्तका दिन सोही नगर समितिद्वारा सञ्चालित गोल्डेन विच एरीया समितिको दोस्रो भेला सम्पन्न भएको छ । नगर अध्यक्ष चन्द्र बहादुर थापाको उपस्थिति तथा ओमकान्त शर्माको सञ्चालन र दयाराम बि.क.को अध्यक्षता तथा एक मिनेट मौनधारण कल्लु सिंह बि.क.को स्वागत मन्तव्य पश्चात नगर अध्यक्ष चन्द्र बहादुरले भेलाको उदघाटन तथा भाषण गर्नु भएको थियो ।

 

धनबहादुर पुनले शुभकामना मन्तब्य राख्नु भएको थियो । भेलाले दयाराम विकको अध्यक्षतामा नया समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– धन बहादुर पुन, सचिव– हरिबहादुर जि.सी., उपसचिव– भुवन थापा र कोषाध्यक्ष– खिमबहादुर बि.क. रहेका छन् । त्यस्तै सदस्यहरुमाः कल्लु सिंह बि.क., नवराज आले, वैकल्पिक सदस्यहरुमाः तुल्सी प्रसाद शर्मा र दिलबहादुर कुमाल रहेका छन् । त्यस्तै सल्हाकारमाः ओमकान्त शर्मा, भीमबहादुर सारु, लोकबहादुर क्षेत्री र निखिल विक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here