चेन्नई पश्चिममा शुभकामना आदानप्रदान कार्यक्रम गरियो

0
223

चेन्नई पश्चिम, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिले नयाँ वर्ष २०१९ अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगर अध्यक्ष हेमराज रिजालको अध्यक्षता तथा नगर सचिव हिरामणी शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई नगर सदस्य पदम पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष देवबहादुर लामीछाने, सदस्य महेन्द्र बस्याल, क्षेत्रीय सदस्य केशमान नेपाली, अर्जुन केसी, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, नगर सहसचिव यामकुमार नेपाली, सदस्य नेत्रलाल शर्मा, राजु अधिकारी, रमाकान्त शर्मा, पशुपति शर्मा, बुद्धि पौडेल, गंगा थापा, पुष्पा पौडेल, चन्द्रिका पौडेल, एरिया समितिबाट सुनिता बस्याल, देवी रिजाल, माया रोका, भिमा खनाल र इश्वरीप्रसाद शर्मा लगायतले नव वर्षको पावन अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा नयाँ सदस्यताका साथै नविनीकरण गरिएको थियो । नयाँ सदस्यता केन्द्रीय उपाध्यक्ष देव बहादुर लामीछानेद्वारा प्रधान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here