चेन्नई दक्षिण र नारनौलमा महिला भेला सम्पन्न

0
440
चेन्नई, १६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर महिला बिभागको भेला सम्पन्न भएको छ ।
                महिला नगर विभागकी अध्यक्ष लक्ष्मी पन्थीको अध्यक्षता तथा लोकेन्द्र पौडेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई केन्द्रीय सदस्य मदन शर्मा, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, क्षेत्रीय सदस्य ज्योतिनारायण सुबेदी, महिला बिभाकबाट दुर्गा सुबेदी, जानुका सुबेदी, जुना शर्मा, पार्बती सुबेदी, लक्षी शर्मा, देबी पौडेल, धनमायाँ हमाल, बिष्णु शर्मा, नगर समितिबाट शि पन्थी, पदम बिक, गोरख रैकाल, चूडामणि शर्मा, कृष्णा पौडेल, हीरा गिरी, हर्कबहादुर थापाले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
नारनौल, 
त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समिति अन्तर्गत महिला नगर विभागले भेला सम्पनन पारेको छ । कौशल सोनीको अध्यक्षता तथा झमनसिंह थापाको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई राजु शर्माले स्वागत गर्नुभएको थियो ।
                  कार्यक्रममा महिला क्षेत्रीय विभागकी पार्वती आचार्य, क्षेत्रीय समितिका सहसचिव इश्वर आचार्य, नगर समितिका विष्णु प्रसाद पौडेल र रेणु पुन मगरले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
                     तीजि कार्यक्रमको रिहल्सलदेखि लिएर तीजको दिन सम्पन्न कार्यक्रमलाई सफल पार्न योगदान पुर्याउनु हुने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई वक्ताहरुले हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here