चेन्नई दक्षिणमा एरिया सम्मेलन सम्पन्न

0
608
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण नगर समिति द्वारा संचालित केके नगर एरिया समितिको २४ औ सम्मेलन सम्पन्न भएको छ । रोम बहादुर सापकोटाको सञ्चालन र कमल बहादुर सापकोटाको  अध्यक्षताबाट सम्मेलनको कार्यक्रम अगाडि बढेको थियो ।
केन्द्रीय सदस्य मदन शर्माको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो भने उद्घाटन नगर अध्यक्ष ज्योतिनारायण सुवेदीले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई पदम प्रसाद बसेलले स्वागत गरेका थिए । लोकेन्द्र पौडेल, शिबपन्थी, लक्ष्मी पन्थी, दुर्गासुबेदीले सम्मेलन सफलताको शुभकामन मन्तव्य दिएका थिए ।
सम्मेलनले पदम प्रसाद बसेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– कमल बहादुर सापकोटा, सचिव– रोम बहादुर सापकोटा, सहसचिव– देब प्रसाद भण्डारी र कोषाध्यक्ष– लक्ष्मी पन्थी रहेका छन् । त्यस्तै सदस्यमा: सन्तोष पुन मगर, कमल थापा, शिब प्रसाद पन्थी, दुर्गादत्त पौडेल, बैकल्पिक सदस्यमा: मिन बहादुर बिक, शेर बहादुर सापकोटा रहेका छन् । सम्मेलनले मिना सापकोटा र पदम् थापालाई सल्लाहकार चयन गरेको छ ।
नब निर्बाचितहरुलाई नबीना वस्नेत र ज्योतिनारायण सुबेदीले वधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै सोही नगर समिति द्वारा संचालित पल्लावरम एरिया समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । कृष्ण प्रसाद शर्माको सञ्चालन र भवानी प्रसाद पोखरेलको अध्यक्षता ग्रहण गर्नु भएको उक्त सम्मेलनमा केन्द्रीय सदस्य मदन सर्मा, क्षेत्रीय समितिका ज्योतिनारायण सुवेदी, दयाराम खनालको आतिथ्यता रहेको थियो । सम्मेलनको उद्घाटन ज्योतिनारायण सुवेदीले गर्नु भएको थियो ।
लोकेन्ऽ पौडेलले स्वागत मन्तव्य दिनुभएको सो सम्मेनलमा रन बहादुर थापा, खगराज आचार्य, राम कुमार केसी, हिरा गिरी, नविना बस्नेत, खिमा गिरी, माया परियार, जीबन शर्मा, नेत्रलाल आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले खगराज आचार्यको अध्यक्षतामा नयाा समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– रामकुमार केसी, सचिव– कृष्णप्रसाद शर्मा, सहसचिव– दिवाकर पौडेल र कोषाध्यक्ष– जीवन शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा: रनबहादुर थापा, लोकेन्ऽ पौडेल, भवानी पोखरेल, हिरा गिरी, पुष्पराज अधिकारी, मनोज थापा, बैकल्पिक सदस्य नविना वस्नेत, तेजेन्ऽ चालिसे, कृष्ण प्रशाद न्यौपाने र माया परियार रहनुभएको छ । सम्मेनले लेखनाथ शर्मा, खिमा गिरी, नरमाया थापा र लक्ष्मी शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।
नयाा समितिलाई दयाराम खनाल र पश्चिम नगर समितिबाट कृष्ण प्रसाद खनालले बधाई दिनु भएको थियो ।
त्यसैगरी सोही नगर समितिद्वारा संचालित टी नगर एरिया समितिको भेला सम्पन्न भएको छ । कृष्ण पौडेलको अध्यक्षता र प्रेम पौडेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई कमल बसेलले स्वागत गर्नुभएको थियो ।
नगर अध्यक्षय ज्योतिनारायण सुबेदी, नगर समितिका लोकेन्द्र पौडेल, शिब पंथी, चन्द्र प्रसाद शर्मा, गणेश, टिका नेपाली, धनबहादुर, खेमराज सुबेदी लगायतले शुभकामना दिनुभएको थियो । भेलाले प्रेम आचार्यको अध्यक्षतामा नयाा समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– कृष्ण शर्मा, सचिव– गणेश चालीसे, सहसचिब– कमल पौडेल र कोषाध्यक्ष– कमल बसेल रहेका छन् । त्यस्तै सदस्यमा: टीका नेपाली, चन्द्रदत्त शर्मा, धनबहादुर, कृष्ण पौडेल, बैकल्पिक, खेमराज शर्मा र खेमराज रिजाल रहनुभएको छ । नयाा समितिलाई शिबपन्थी र लोकेन्ऽ पौडेलले बधाई दिनुभको थियो ।
जयपुर । 
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरको हसनपुरा एरिया अन्तर्गत कृष्ण कलोनीमा केन्द्रीय सदस्य नारायण शर्मा एवं नगर उपाध्यक्ष मंगल सिंह खड़काको विशेष उपस्थिति तथा देवबहादुर नेपालीको विशेष पहलमा टोला समिति गठन गरिएको छ । जसमा: अध्यक्ष– देवबहादुर नेपाली, सचिव– राजु नेपाली, कोषाध्यक्ष– लालबहादुर नेपाली, सदस्यहरुमा: मोतीलाल नेपाली,  प्रकाश नेपाली,  अंकित नेपाली र बिक्रम नेपाली रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here