चेन्नई उत्तरमा टण्डियारपेट एरिया सम्मेलन सम्पन्न

0
412
यहाँ एकता समाजको चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित टण्डियारपेट एरिया समितिको बिसौं बार्षिक सम्मेलन सम्पन्न भएको छ । नरबहादुर बिकले कार्यक्रम सञ्चालन र रमेश बस्नेतको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष नरबहादुर गुरुङको प्रमुख अतिथ्यता रहेको थियो ।
क्षेत्रीय समितिका कोषाध्यक्ष शेरबहादुर विक, नगर सचिव मोहराज सुबेदी, कोषाध्यक्ष शुकदेव शर्मा, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिक्रम केसी र महिला बिभागकी माया पौडेलले आतिथ्यता गरेका थिए । कार्यक्रममा उपस्थित सहभागिहरुलाई कोपिलामणि शर्माले स्वागत गरे ।
प्रमुख अतिथि नरबहादुर गुरुङले सम्मेलनको उद्घाटन पछी, शेरबहादुर बिक, मोहराज सुबेदी र माया पौडेलले शुभकामन ब्यक्त गरेका थिए ।
सम्मेलनले रमेश बस्नेतको अध्यक्षतामा ९ पुर्ण २ बैकल्पिक र २ सल्लाहाकार गरी १३ सदस्यीय टण्डियार एरिया समिति चयन गरेको छ । जस्मा: उपाध्यक्ष– हरि पौडेल, सचिव– नरबहादुर विक, सहसचिव– दलबहादुर बराल र कोषाध्यक्षमा: याम बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा:  भोजबहादुर थापा, रेशम थापा, कोपिलामणि शर्मा, टि. यामबहादुर थापा, बैकल्पिक सदस्यमा बिष्णु सुनार र टोपबहादुर थापा रहेका छन् । सल्लाहकारमा लक्षमन सुनारी रहेका छन् भने एक रिक्त राखिएको छ ।
नब निर्बाचित समितिलाई बिक्रम केसी र शुखदेब शर्माले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

नेल्लोरमा विभागीय भेला सम्पन्न

यहाँ एकता समाजको नगर समिति अन्तर्गत रक्तिम विभाग र खेलकुद विभागको संयुक्त भेला सम्पन्न भएको छ । भेलाको विधिवत उद्घाटन केन्द्रीय समितिका सल्लाहकार ठाकुर प्रसाद केसीले गरेका थिए ।
गोरबहादुर केसीको अध्यक्षता तथा केशव सुनारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई पूर्ण बहादुर सुनारले स्वागत गरेका थिए ।
भेलाले गोर बहादुर केसीको संयोजकत्वमा रक्तिम विभाग गठन गरिएको छ । जसमा: केशव सुनार, पूर्ण बहादुर सुनार, देवीराम केसी, मेखबहादुर खत्री, मनिराम पुन र लक्ष्मण सुनार सदस्य रहेका छन् । त्यस्तै सो विभागको अन्तर्गत रहने गरि रक्तिम टोली समेत गठन गरेको छ । जसमा: देवीराम केसी, देवी विक, कमला विक, मीनीसा पुन, कल्पना खत्री, चन्द्रिका केसी, अस्मिता सुनार, भगवती भुसाल, समिरा सुनार, लक्ष्मण भुसाल, रोशन सुनार, रामजीवन केसी, सरसती केसी, विमला केसी, सुनिता केसी र नर बहादुर सुनार रहेका छन् ।
त्यस्तै मेख बहादुर खत्रीको संयोजकत्वमा खेल समिति गठन गरिएको छ । जसमा: डिलबहादुर बस्यल, लक्ष्मण सुनार, देवीराम केसी, गोर बहादुर केसी, पूर्ण बहादुर सुनार, केशव सुनार, लक्ष्मण भुसाल र रोशन सुनारलाई सो विभागको सदस्य चयन गरिएको छ ।
समता नगर विभागको संयोजक केशव सुनार र जनजाति विभागको संयोजकमा मनिराम पुनलाई चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here