चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण नगर समितिको संयुक्त महिला विभागको तत्वादनमा आयोजना गरिएको महिलाहरूको महान चाड हरितालिका तीजको कार्यक्रम प्रगतिशील ढंगबाट १३ सितंबर २०१८ का दिन चेन्नईको चिन्टाडरिपेटमा अबस्थित कम्युनिटी हलमा हजारौं जनमानसको उपस्थितमा सम्पन्न भएको छ ।
चन्द्रीका पौडेलको अध्यक्षता, अथिति आशनग्रहण पछि बीर सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात उपस्थित जनमानसलाई दुर्गा सुबेदीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अथिति क्षेत्रीय सदस्य श्रीमती लक्ष्मी पंथिले गर्नु भयो ।
कार्यक्रमलाई केन्द्रीय नेतागण उपाध्यक्ष देवबहादुर लामीछाने, सदस्य महेन्द बस्याल, याम प्रसाद शर्मा, मदन शर्मा, मोहराज चालीसे, बिध्यार्थीबाट बिक्रम केसी, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल र तिलकराम शर्मा साथै क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष हेमराज रिजाल, उमान्नद शर्मा, चन्द्र थापा र नगर अध्यक्ष शिव पंथी रहनु भएको थियो ।
कार्यक्रमको सञ्चालन तारा शर्माले गर्नुभएको थियो । कार्यक्रम सफलताको लागि सहयोग पुराउने सम्पूर्ण क्षेत्रमालाई श्रीमती यामुना थापाले धन्यवाद दिनु भएको थियो । तीज कार्यक्रममा महिलाहरूले ग्रुपमा बिभाजन भएर प्रगतिशील गित र नृत्य प्रस्तुत गर्नुभएको थियो ।