चेन्नईमा चार नगर समितिको संयुक्त विस्तारित भेला सम्पन्न

0
769
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर, दक्षिण, पूर्व र पश्चिम चार नगर समितिको संयुक्त १६ औं सम्मेलनको सन्दर्भमा विस्तारित भेला सम्पन्न भएको छ ।
काशीराम आचार्यको सञ्चालन तथा ज्योतिनारायण सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई केशमान नेपालीले स्वागत गर्नुभयो ।
भेलाको विधिवत उद्घाटन केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछानेले गर्नुभएको थियो । लामिछानेले नगर सम्मेलन अभियान र वर्तमान राजनीतिक परिस्थितिको बारेमा प्रष्ट्याउनु भएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य मदन शर्मा, महेन्द्र बस्याल, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष विक्रम केसी, महिला क्षेत्रीय विभागकी लक्ष्मी पन्थी, रक्तिम विभागका चन्द्र बहादुर थापा, क्षेत्रीय समितिबाट दयाराम खनाल, तिलकराम गोराथोकी, सुखादेव शर्मा, मान बहादुर केसी, गिता शर्मा, शिव पन्थी लगायतले मन्तव्य दिनुभएको थियो ।
भेलाको औचित्यताबारे क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर विकले प्रष्ट्याउनु भयो । मोहराज सुवेदीले धन्यवाद मन्तव्य दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here