महेन्द्र बस्याल/चेन्नई, २६ जुलाई । डडेलधुरा जिल्ला मस्टामाण्डौ गाउँपालीका, सकायल ८ घर भएका जय बाहादुर परियार २६ जुलाइ २०१८ का दिन बिहान बिस्तारामा मृत फेला परेछन् । करिब ५० बर्षका निज जय बहादुर रोजीरेटीका लागि लागि चेन्नईको टिनगरमा परिवार सहित काम गर्दै आएका थिए ।
संगै सुतेकी श्रीमति कमला परियारले पति के कसरी मरे भन्ने कुरा अनबिज्ञ रहेको जानकारी छिमेकी र आफन्तहरूलाई बताएकी छिन् । प्रहरी सहित संघ संस्थाका मानिसहरू घटना स्थलमा आएर सोधपुछ गरिरहेको बताइएको छ । मृतकको शव हेर्दा चोटलागेको र हत्या गरिएको आशंका प्रशासनले गरेको बताइएको छ ।
शव राजीवगान्धी हस्पिटलमा पोस्टमार्टको लागि पठाइएको प्रशासनले जनाएको छ । शुरुवाती छानविनका दौरानमा टिनगर प्रहरीले करन बाग नामको एकजना व्यक्तिलाई कस्टडीमा राखेको छ । प्रशासनको छानविनको दौरानमा आफूहरुले पहिलो दिन राती तीन जना बसेर अण्डा र रक्सी खाई आफू आफ्नो रुममा आएर सुतेको करन बागले बताउँछन् । करनका अनुसार आफूलाई विहान फोन गरि कमलाले जय बहादुरको मृत्यु भएको जानकारी दिएको छानविनमा सहभागि एकजना प्रहरीले बताए ।
प्रशासन र मृतकका आफन्तजनले भने श्रीमती कमला र करन बागमाथि आशंका गरेको छ । उनीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार पनि हत्याको शंका प्रशस्तै आधार कमला र करन माथि रहेको जनाइएको छ ।