चुरीफुरी समाप्त

0
823

काठमाडौं । अबको राजनीतिमा मोहन वैद्यको दर्शनशास्त्रको पनि अर्थ रहेन । सीपी मैनालीको माक्र्सवाद, लेनिनवादको पनि अर्थ रहेन । यी दुवैलाई वाम गठबन्धनमा मिलाउन खोज्दा १५–१५ सिट प्रत्यक्षमा मागेर गठबन्धनमा सरिक नभएका हुन् ।

नयाँ शक्तिको डा. बाबुराम भट्टराईले पनि १५ सिट मागेका हुन् । यो चुनावमा एमालेसँग मातेर संघीय समाजवादी पार्टी खोलेर डलर खेती गरेका अशोक राईलाई पनि मतदाताले झापड लगाए ।

राई एमालेको स्थायी कमिटीमा छँदा एमालेको सप्तरी जिल्लाको पार्टी सचिव पाएर भड्किँदै माओवादी बनेर त्यहाँ पनि टिक्न नसकेका उपेन्द्र यादवको मधेशी जनाधिकार फोरमसँग पार्टी एकता गरी राई संघीय समाजवादी फोरमको उपाध्यक्ष बनेका हुन् ।

तिनै राईलाई उदयपुरबाट एमालेले चुनाव जिताएको दिन पनि थियो । संसदीय अभ्यासमा अशोक राई, सीपी मैनाली, सीपी गजुरेल, परि थापाजस्ता वैचारिक स्पष्टता विषयगत मुद्दामा दृष्टिकोण राख्ने क्षमता भएका नेताहरु चाहिन्थ्यो ।

उनीहरु आफ्नै कारण राष्ट्रिय राजनीतिबाट अब हराएका छन् । वामपन्थीहरुबीचको खटपटले राष्ट्रिय राजनीतिमा आउने उतारचढावलाई यस पटक एमाले, माओवादी पार्टी एकताले झन् साना टुक्राहरुको अस्तित्व मेट्ने संकेत देखिएको छ ।

जनयुद्धको इतिहास ध्वस्त पारे भन्दै त्यही इतिहास बचाउन पहिलो संविधानसभा भङ्ग हुनासाथ माओवादी फुटाएर माओवादी पार्टी नै खडा गरेका मोहन वैद्य अब राष्ट्रिय राजनीतिमा देखिने भएनन् ।

पुराना माओवादीहरु मध्येका हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, सीपी गजुरेल, दिनेश गौतमको साथमा पार्टी महासचिव बनेका मोहन वैद्यलाई अब राष्ट्रिय राजनीतिमा देख्न नपाइने भयो ।

वैद्यले वैदेशिक हस्तक्षेपको विरोध गरे पनि उनले पार्टी प्रवक्ता बनाएका सीपी गजुरेल युरोपेली युनियनले कृश्चियन फण्डबाट मासिक भत्ता बुझ्ने क्रान्तिकारी भएकोमा गर्व लाग्दो हो । प्रचण्डसँगको रिस वैद्यलाई भन्दा सीपीलाई छ । वैद्यले नै प्रचण्डलाई महासचिव पद सुम्पिँदा निर्माण उपनाम थियो ।

काठमाडौँको सेक्टर काण्ड असफल भएपछि वैद्यले महासचिव छोडेका हुन् । चुनावमा अहिले वैद्यको देशभक्त गणतान्त्रिक मोर्चाले जमानत बचाउन कहीँ सकेन । स्थानीय चुनावमा मोर्चाले बाग्लुङको छोरेपाटन क्षेत्रमा एक वडा र काभ्रेको कोशीपारीमा एक वडामा अध्यक्षसहित विजय प्राप्त गरेको थियो ।

देशभरका स्थानीय निकायमा वैद्य पक्षको उपस्थिति भनेको दुईवटा वडामा हो । जनजातिहरुको बाहुल्य रहेको नेकपा एकीकृतका परि थापा, रामसिंह श्रीष, सिताराम तामाङहरुले पार्टी एकता गरेपछि नेकपा क्रान्तिकारी माओवादी बनाइयो । तर, संगठन कहीँ छैन र थिएन ।

भएभरका सबै पुरानै धार फर्के । नयाँ शक्तिमा लागेकाहरुको पनि हालत त्यस्तै भयो । तर, पनि जनतामा आफ्ना कुरा राख्नकै लागि प्रतिनिधिसभा र प्रदेशसभामा गजुरेलको मोर्चाले उम्मेदवार उठायो । जमानत जफत भएका उम्मेदवाहरु ऋण लिएर चुनावमा खटे ।

कहीँ नेपाली काँग्रेसले खर्च बेहो¥यो होला कहीँ राप्रपाले । वामगठबन्धनविरुद्ध उठेका सीपी मैनालीको नेकपा मालेको पनि हालत त्यही भयो । विगतमा माओवादीको चुनाव चिह्नमा पर्ने मत तारासहितको हँसियामा परेकाले सत्ता बार्गेनिङ गर्न सीपीलाई सजिलो भयो । पटक–पटक नेकपा मालेका नेताहरु मन्त्री बनाइए ।

मैनाली आफैँ उपप्रधानमन्त्रीसहित महिला, बालबालिका समाज कल्याण मन्त्री भए । उनकी श्रीमती सीता खड्का पनि मन्त्री भइन् । आपूm मन्त्री नभए पनि पार्टीका मन्त्रीले सदर गर्ने फाइल मैनाली आफैँ हेर्थे, मोलमोलाई गर्थे ।

कम्युनिस्टको नाममा कलंक बनेका सीपी मैनाली र माओवादीका दिनानाथ शर्मा हुन् । हिसिला यमिलाई भ्रष्ट भनियो । तर, यमिभन्दा दिनानाथ र सीपी लोकप्रिय थिए । सीपी राजनीतिबाट हराउँदैछन्, शर्मा माओवादीको नाममा कतैकतै देखिँदैछन् ।

उम्मेदवार उठाएर जमानत जफत गराउने मोहन वैद्य र संसदीय व्यवस्था ध्वस्त पार्ने नेत्रविक्रम चन्द मिलेर माओवादी फुटाइयो । चुनावमा चन्दको संसदीय व्यवस्था खारेज गर्ने मुद्दाप्रति पनि जनताले साथ दिएनन्, मोहन वैद्यको गणतान्त्रिक मोर्चाप्रति पनि जनता आकर्षित भएनन् ।

पाथीभरा न्यूजबाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here