चीनद्वारा नेपालको पर्यटन प्रबद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिबद्धता

0
111

काठमाडौं । चीनले नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री ल्यू सुगाङले २०७५ कार्तिक २७ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसँग भेट गरी नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रबद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री सुगाङले नेपाल सरकारसँग आग्रह गरेका थिए । पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री सुगाङले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री अधिकारीले जानकारी दिए । उनले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पारे ।

काठमाडौँमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री सुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत यू होङको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here