चिदाम्बरम्मा सेतीयातोप एरिया सम्मेलन

0
351

चिदाम्बरम्, २२ अप्रेल । मूल प्रवाह चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समिति १७ औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । हेम बहादुर गन्धर्वले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता सुर्यमान गिरीले गर्नुभएको थियो ।  एक मिनेट मौन धारण पछि बालाकृष्णा गायकले स्वागत मन्तव्य दिनुभएको थियो । रक्तिम अभियानका कलाकार द्धारा स्वागत गित प्रस्तुत गरे पछि सम्मेलनको उद्घाटन क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष गोकुल बहादुर गायकले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

नयाँ समितिको घोषणा मोहराज शर्माले गर्नुभएको थियो । जसमा: अध्यक्ष– सुर्यमान गिरी, उपाध्यक्ष अशोक बिक, सचिव– हेमबहादुर गन्धर्व, सह सचिव– गोबिन्द बहादुर हमाल र कोषाध्यक्ष–  गोकुल बहादुर गायक रहेका छन् । त्यस्तै सदस्यमा: बालाकृष्ण गायक, प्रेम प्रसाद पराजुली, वैकल्पिक होम बहादुर जिसी र सल्लाहकार प्रेम बहादुर गायक रहेका छन् ।

बधाई गित रक्तिम कलाकार द्धारा नगर समिति महिला विभाग संगिता गन्धर्व मूल प्रवाह नगर समिति मोहराज शर्मा, मूल प्रवाह पाण्डीचेरी नगर समिति गोपाल गिरी, मूल प्रवाह केन्द्रीय परिषद चन्द्र कान्त शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here