चितुवाको आक्रमणबाट पीडित परिवारले पाए दशलाख रूपैयाँ राहत ।

0
69

बागलुङ/ जंगली चितुवाको आक्रमणबाट पीडित बरेङ गाउँपालिका वडा नम्बर १ ओखरेनीका रत्ने थापाले  दश लाख रुपैयाँ राहात सहयोग प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुङ्गानाको र डिभिजन वन कार्यालय बागलुङका डिभिजन वन अधिकृत गोविन्द प्रसाद दाहालले शुक्रबार  दश लाख रुपैयाँको चेक पीडित थापालाई हस्तान्तरण गरेका हुन् ।

२०७५ साल कार्तिक १२ गते खरबारीमा घाँस काट्न गएको समयमा थापाकी श्रीमति नौरुपी थापालाई  जंगली चितुवाले आक्रमण गरेको थियो । उनको उपचारको क्रममा कार्तिक १५ गते मृत्यु भएको थियो । मृत्यु भएको पाँच महिना पछि पीडित परिवारले राहत रकम प्राप्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here