चाहिदैन संघीयता

0
343
– लक्ष्मी गुरुङ
यस पालिको तिजमा पनि मनमा खुशी छाएन
गरिब किसान मजदुरले सुख पाएन
स्थानीय सरकार पायौँ करको भारी बोकाउने
गरिब सधौ भोको नाङ्गो नेता मोटाउने
जनता पनि त्यस्तै भए कुरा कहिल्यै बुझेन
सङ्घीयता ल्याउनु हुन्न भन्दा सुनेन
चुनाव आउँछ भोट दिदा हजारको नोट झम्टिने
कर बढाउँदा केसीजीलाई बल्ल सम्झिने
बाइक यिनले गुडाउने रक्सीमासु उडाउने
देश टुक्राउने नेता जिताई माथि पुर्‍याउने
मकै पोल कर तिर साइकल चढ कर तिर
किन रुन्छौ मङ्गलले आफ्नै ढङ्गले
अन्धो भई नबस आाखा खोल जनता
चाहिदैन सङ्घीयता देशमा भन त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here