चार दिने भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री दाहाले के भने दिल्लीमा ?

0
231

सुबास बस्नेत

भदौ २२, नयाँ दिल्ली । पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा बिहिबार राजधानी दिल्ली प्रस्थान भएका छन् । देशमा दुइ ठुला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच एककिरण भए लगत्तै अध्यक्ष प्रचण्डको यो पहिलो भारत भ्रमण हो । आशा छ यो भ्रमणले दुइ देश बिचको सम्बन्ध अझै प्रगाड हुनेछ ।

भारतले गरेका प्रतिबद्दताहरु समयमा नै कार्यान्वयन भएमा नेपालीको जीवन स्तरमा समेत सुधार आउने उनको भनाइ छ । अहिलेको सरकारले अगाडी बडाउन तयार पारेका विकास आयोजनाहरुको पक्षमा वातावरण सिर्जना पार्नु र नेपाल भारत सम्बन्धको बिकासमा प्राप्त सकारात्मक परिस्थितिको सदुपयोग गर्नु नै यस भ्रमणको मुख्य उदेश्य रहेको प्रचण्ड बताए । भारत नेपाल सहयोग र सम्बन्धको बारेमा कुरो गर्दै उनले भने “भारतीय प्रधानमन्त्रीले केहि वर्ष अघि नेपाली संसदमा घोषणा गरेको एक खर्ब सहयोगको राम्रोसँग कार्यान्वयन हुनु पर्यो ।”

शुक्रबार बिहान बाराखम्बा रोड नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एक प्रश्नको जवाफमा प्रचण्डले भने “धेरै वर्षदेखि थुप्रिएर रहेका समस्याहरु एकै चोटी समाधान गर्न त गारो नै छ, बिस्तारै सबै समस्याहरु अवस्य समाधान हुनेछन्, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको भारत भ्रमण र करिब १७ वर्ष पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक–पटकको नेपाल भ्रमणले दुइ देश बिचको सम्बन्ध अझै प्रगाड रहेको छ ।”

“नेपाल भित्रिने एयर रुट एउटै भएकोले नेपालीले थुप्रै समस्या भोग्नु परेको थियो र अहिले चार रुट संचालममा ल्याएका छौं, जसको कार्यान्वयनमा भरतले समेत सहयोग गर्यो त्यसको हामी प्रसंसा गर्दछौं । भर्खरै राजनीतिक स्थिरता आएको र सरकार गठन गरि कम सुरु गरको अवस्थामा बिमस्टिकको आयोजना र सम्पन्न पार्नु भनेको हाम्रो लागि गौरबको विषय हो” प्रचण्डले बताए ।

प्रवासी नेपालीहरुका मुद्धा र नेपालीहरुले भारत प्रवासमा भोग्नु परेका समस्याहरु बारे प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी र अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव आर. बि. खड्काले भारत प्रवासमा सिकेको ज्ञान, सिप, पुँजी र प्रबिधिलाई यस सरकारले देश भित्रयाउने वातावरण सिर्जना गर्नु पर्ने अपेक्षा राखेका थिए । प्राइवेट कम्पनीहरुबाट रिटायर्डहरु वृद्धहरुलाई पेन्शनको स्वदेशमा नै व्यवस्था मिलाउन पूर्व प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । त्यस्तै प्रवासी नेपालीहरुले भोग्दै आएका समस्याहरु र १९५० को सन्धिले दिएको प्रावधान लगायन अनुसार नेपालीहरुलाई भारतमा सुविधा मिलाउन समेत प्रवासी नेताहरुले आग्रह गरेका थिए ।

प्रतिनिधिमुलक रहेको सको कार्यक्रममा नेपाली राजदुतावासका कार्यबाहक राजदुत भरत कुमार रेग्मीले संचालन गरेको कार्यक्रममा प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मंचसँग आबद्द केन्द्रीय स्तरका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

यस भ्रमणका क्रममा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रि राजनाथ सिंह, परराष्ट्र मन्त्रि सुष्मा स्वराज, भारतीय कम्युनिस्ट पार्टी नेता सिताराम यांचुरी लगायतका वरिष्ट व्यक्तित्वहरुसँग सिस्टाचार भेटघाट तथा छलफल गर्नुहुने बताइएको छ । चार दिने भ्रमण सकाएर २०७५ भाद्र २४ आइतबार स्वदेश फिर्ता हुने स्वकीय सचिवले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here