चारै तिर सिमा मिचिएको छ

0
306

चारै तिर सिमा मिचिएको छ
विस्तारबादी बुटले नेपाली छाती थिचिएको छ
खै सुन्दिन कतै खबरदारी गरेको
देख्या छैन राष्ट्रबादी सिमा हेर्न झरेको ।

बेथितिले देश आक्रान्त छ
वेरोजगारी देश छाड्ने लाइनमा छ
अनुभुत भा छैन थिति बसालेको
देख्दिन हवाइ अड्डामा तँगालो लागेको ।

सुन्दै थिए राष्ट्रबादका नानाथरी पुरान् हरु
हट्छ भन्थे चन्द्रमालाई ढाक्ने ग्रहण बरु
तर पुरान् पनि श्र्वस्थानी कथा जस्तो लाग्दैछ
न चन्द्रमालाई ढाक्ने ग्रहण टाढा भाग्दैछ ।

जनक राज पौडेल
मूल प्रवाह नगर अध्यक्ष
पाण्डिचेरी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here