चार किसान संगठनहरुद्वारा उखु किसानहरूको आन्दोलनप्रति ऐक्यवद्धता

0
80

काठमाडौं/  चारवटा किसान संगठनहरुले राजधानीमा चलिरहेको उखु किसानहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान माहासंघ, आखिल नेपाल किसान माहासंघ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान संघ र अखिल नेपाल किसान युनियनले सोमबार संयुक्त विज्ञप्ति प्रकासित गरी किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

चिनी उद्योगहरुले किसानहरूलाई ठगी गरिएको र लामो समयदेखि भुक्तानी नदिएको भन्दै उखु किसानहरुले राजधानीमा प्रदर्शन गरिरहेेेका छन् ।

चारै किसान संगठनको तर्फबाट अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गर्दै  चिनी मिल मालिकले किसानलाई तिर्न बाँकी रकम हर्जाना र ब्याज सहित तुरुन्तै भुक्तानी दिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ-
हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ चिनी कारखाना मालिकले नेपालका ऊखु किसानलाई तिर्नु पर्ने बक्यौता रकम लामो समयदेखि बर्षैपिच्छे तिर्न बाँकी राखेर किासनलाई झुलाउदै आएकोमा त्यस्तो रकम ब्याज र हर्जान समेत तुरुन्तै किसानलाई भुक्तानी दिनु पर्ने जोडदार माग पटक पटक गर्दै आएका छौं ।

गत वर्ष देखि उखुमा दिइए को सरकारी अनुदान अहिलेसम्म किसानहरूले पाएका छैनन् । किसानले समयमा ऊखको मूल्य भुक्तानी नपाएको यसै समस्यालाई लिएर अहिले सर्लाहीका ऊखु किसानहरु यो अत्यधिक चीसो मौसमा सर्लाहीदेखि काठमाण्डौसम्म आएर माइतीघर मण्डलामा आन्दोलनरत छन् ।

हामी ऊखु किसानको यो अत्यन्तै जायज माग र आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउँदछौ र सरकारले तुरुन्तै चिनी मिल मालिकले किसानको तिर्न बाँकी रकम हर्जाना र ब्याज सहित भुक्तानी दिलाउन ठोस र प्रभाबकारी भूमिका खेलोस भन्ने पुनः जोडदार माग गर्दछौं ।

यस कुरामा आलेटाले गरेर मिल मालिकले जस्तै सरकारले पनि किसानलाई झुलाउने काम बन्द गरी ऊखु किसान उनीहरुले पाउनु पर्ने उखुको भुक्तानी तुरुन्तै दिलाओस् र यसरी किसानलाई पीडा दिने काम बन्द गराओस् भन्ने माग गर्र्दै हरेक बर्ष सरकारले ऊखु उत्पादनमा बढ्दो लागतको आधारमा उखुको उच्चतम् मूल्य तोकोस्, यसरी उखुको मूल्य समयमा नपाउँदा र अन्य कारणले ऊखु खेतीमा किसानलाई नोक्सानी हुँदा सरकार र चिनी मील मालिकले त्यो नोक्सानी भरपाई गर्ने गरी ऊखु खेतीको बीमा ब्यवस्था गरोस् तथा ऊखु खेती गर्ने किसानलाई थप प्रोत्साहन तथा राहतको ‘प्याकेज’ घोषणा गरोस भन्ने समेत माग गर्दछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here