चण्डीगढमा १३९ जोशेफ स्टालिन जयन्ती सम्पन्न

0
189

–खिमराज चालिसे
चण्डीगढ, २१ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रिय समिति द्धारा सञ्चालीत चण्डिगढ नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता जोसेफ स्टालिनको १३९ औं दिवस मनाइएको छ । उनी आक्टुवर क्रान्तिका महान सेनानी समेत थिए ।
नगर सचिव खिमराज चालिसेले कार्यक्रम सञ्चालन र नगर अध्यक्ष प्रेम आचार्यको अध्यक्षतामामा सम्पन्न सो समारोहमा अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई शमशेर केसी स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, जनजाति केन्द्रीय विभागका राम बहादुर पुन, केन्द्रीय प्रतिनिधि विष्णु आचार्य, अखिल भारत नेपाली विद्यार्थी संघ सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, महिला क्षेत्रीय विभागकी जुना चालिसे, नगर समितिका लक्ष्मण खनाल, सरस्वता भुसाल, अर्जुन विक, जमुना खनाल, लक्ष्मी अधिकारी लगाएत लगायतले मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here