चण्डीगढमा वेडमिन्टन प्रतियोगिता सम्पन्न

0
268

मुल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत चंडीगढ नगर समितिद्वारा सञ्चालित खेल विभागको आयोजनामा २५फरवरीका दिन वेडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको छ ।

नगर समितिका सचिव खिमराज चालिसेद्वारा सञ्चालन र वरिष्ठ सदस्य तिलक पौड्यालको अध्यक्षताबाट अगाडि बढेको सो सभामा अतिथीहरुको आशन ग्रहण पछि ज्ञातअज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण पछि पुरन थापाद्धारा स्वागत गरिएको थियो ।

प्रतियोगिताको उदघाटन जनजाति केन्द्रीय विभागका राम बहादुर पुनले गर्नुभएको सो प्रतियोगितामा ८ टीमहरुको प्रतिस्पर्धा गरेका थिए । जसमाः प्रथम स्थान ललित खडका र थानेश्वर पाण्डे एंव दोश्रो स्थान रोहित र गिरीराज महरा ुन्थ्यो । खेल सम्पन्नपछि पुरस्कार वितरण समारोहको अध्यक्षता पुरन थापाले तथा संचालन थानेश्वर पान्डेले प्राप्त गरेका थिए । विजयी टिम तथा खेलाडीहरुलाई केन्द्रीय सदस्य दिनेश खडका र राम बहादुर पुनद्वारा पुरस्कृति गरिएको थियो ।

राजमो दाङका उपाध्यक्ष दोर्ण बहादुर घर्ती, मूल प्रवाहका क्षेत्रीय सल्लाहकार मान बहादुर केसी, नेपाली समाचार साप्ताहिकका खिमराज चालिसे र शमसेर केसी लगायतले खेलाडीहरुलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here