चण्डीगढमा मूल प्रवाहको संगठन विस्तार

0
215

चंडीगढ, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समिति द्वारा संचालित सिटी एरिया समिति अन्तर्गत नयाँगांवमा नगर सदस्य वेगम कुँवरको सक्रियतामा तथा नगर सदस्य अर्जुन विकको विषेश उपस्थितिमा एक भेला सम्पन्न गरिएको छ ।

भारतस्थित नेपालीहरुको समसामायीक समस्या र मूल प्रवाह एकता समाजको बारेमा व्यापक छलफल पछी भेलाले ५ सदस्यीय टोल समिति गठन गरिएको छ । नवगठित सो टोल समितिको अध्यक्षमा रामबहादुर विक, सचिवमा संगिता विक, कोषाध्यक्षमा रमन घम र सदस्यहरुमा सकुन्तला विक र सुनिता विक चयन हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here