चण्डीगढमा जिल्ला सम्मेलन सम्पन्न

0
567

रमेश खड़का
चंडीगढ़ । “प्रवासी नेपाली जनताको मौलिक अधिकार स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार” भन्ने मूल नाराका साथ १४–१५ अप्रैल २०१८ का दिन अखिल भारत नेपाली एकता मञ्च चण्डीगढ जिल्ला समितिको तेह्रौसम्मेलन सम्पन्न भएको छ । चण्डीगढ स्थित सेक्टर ४५ को बुड़ैलमा सो सम्मेलन सम्पन्न भएको हो । एकता मंच माओवादी केन्द्र निकट रहेको सामाजिक संगठन हो ।

सम्मेलनले नेप बहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– गीता केसी, सचिव– हुकुम डांगी, सहसचिव शंकर परियार र कोषाध्यक्ष– रमेश खड़का रहेका छन् ।


नेप बहादुर केसीको अध्यक्षता र हुकुम डांगीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव तिर्थ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मञ्चका केन्द्रीय सहसचिव रवि कुमार, केन्द्रीय सदस्य कमल गिरी, महिला नेत्री कमला जीएम, संयुक्त राज्य समिति चंडीगढका अध्यक्ष ठाकुर भुसाल, सचिव प्रकाश स्याडा, दृष्टि साँस्कृतिक परिवारका प्रेम नेपालीले पनि अथिति आसन ग्रहण गरेका थिए ।

उक्त सम्मेलनमा नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनका लागि विभिन्न भाईचारा संगठनहरुबाट पनि आतिथ्यता रहेको थियो ।

प्रमुख अथिति केन्द्रीय सचिव तिर्थ भण्डारीले सम्मेलनलाई संबोधन गर्दै प्रवासी नेपालीको हकहितको लागि निरंतर लडेको र लडिरहने प्रतिवद्धता प्रकट गरे । नेपालमा बाम एकताको लागि भइरहेको पहल स्वगात योग्य रहेको नेता भण्डारीको कथन थियो । “समुन्नत र सम्पन्नशाली देशको लागि पनि पनि बाम एकताको आवश्यकता छ ।” उनले भने– प्रवासी नेपालीको समस्या र अधिकारको लागि प्रवास रहेका जुनसुकै संगठनले पनि यदि आबाज उठाउ छन् भने त्यसमा हाम्रो संगठनको पनि सहयोग र समर्थन रहने छ ।” नेता भणडारीले प्रवासी नेपालीहरुको अधिकार सुनिश्चित गर्न नेपाल सरकार अग्रसर रहनु पर्नेमा समेत जोड दिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चण्डीगढ़का अध्यक्ष प्रेम आचार्यले वधाई मन्तव्य दिंदै जुन सुकै संगठनलाई समर्थन गरेपनि प्रवासी नेपालीहरुको समस्या साझा रहेको बताए । साझा समस्या समाधान गर्न साझा एजेण्डाहरुमा सहकार्य र गरेर अगागि बढ्नु पर्नेमा जोड दिंदै नवनिर्वाचित समितिले त्यसप्रकारको भूमिका निर्वाह गर्ने शुभकामना दिए ।

त्यस्तै प्रवासी नेपाली संघकी महिला नेत्री मिना पोखरेल, राज्य समितिका महेश पौडेलले पनि प्रवासी नेपालीहरुको जायज मागहरुलाई सहयोग र समर्थन रहने प्रतिवद्धता प्रकट गरे ।

सम्मेलनमा दृष्टि साँस्कृतिक परिवारका इंचार्ज प्रेम नेपालीले पनि बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

दृष्टि साँस्कृतिक परिवारद्वारा सम्मेलनको भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मेलनमा व्यापक जनमानसको सहभागिता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here