चंडीगढ़मा महिला नगर भेला तथा कलाकार सम्मान समारोह भव्यरुपमा सम्पन्न

0
430

चंंडिगढ, २७ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डिगढ नगर समितिद्वारा सञ्चालित महिला नगर विभाग चंडीगढ़को चौथो भेला तथा स्थानिय रक्तीम कलाकार सम्मान समारोहको कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको छ । कुमारी थापाको अध्यक्षता तथा जमुना खनालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात सिमा खड्का र रक्तिम परिवारका कलाकारहरुद्वारा स्वागत गितले स्वागत गरिएको थियो ।

त्यसपछि मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडकाले विधीवत रुपमा करतार ध्वनिमा मोमबत्ती वालेर चौथो भेलाको उद्घाटन गर्नुभएको थियो । तत्पश्चात सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेले नवनिर्वाचित ३७ सदस्यीय कार्यकारणीको नामावली प्रस्तुत गर्नुभएको थियो । जसमा संयोजकः माया आचार्य सचिव– जमुना खनाल, कोषाध्यक्ष– जमुना खडका र सदस्यहरुमा जुना चालिसे, सिमा खडका, कुमारी थापा सरस्वता भुसाल, रुपा केसी, हिरा थापा, जिवा गुरुङ, विमला आचार्य, विष्णु अर्याल, लक्ष्मी अधिकारी, लक्ष्मी क्षेत्री, जमुना पाण्डे, लाली वेल्वासे, मधु सुवेदी, विनिता नेपाली, मञ्जु विक, राधा खडका, विपना एम.सी, कमला आचार्य, पुनम आचार्य, कृष्णा पाण्डे, विष्णा पाण्डे, तारा ज्ञावली, गोमा जीसी, पार्वती, सोभादेवी न्यौंपाने, पुजा पोखरेल, मायाँ वलम्पाकी, सुनिता पंथी, माया नेपाली, सिमा आचार्य, इन्द्रा पौडवाल, तिलकुमारी कनौजिया र विमला पाण्डे रहनुभएको छ ।

नामावली प्रस्तुत पछि क्षेत्रीय सल्लाहकार खिमराज चालिसेले सबै कार्यकारणी तथा सदस्यहरुलाई सामुहिक सपथ गराउनु भएको थियो ।

नवनिर्वाचित पदाधिकारी तथा समितिलाई शुभकामना दिदै विचार राख्ने अन्य वक्ताहरुमा केन्द्रीय सल्लाहकार तिलक पौड्याल, क्षेत्रीय सदस्य प्रेम आचार्य, लक्ष्मण खनाल, नगर अध्यक्ष मानबहादुर केसी, विध्यार्थी विभाग केन्द्रीय सदस्य विष्णु वेल्वासे, विद्यार्थी क्षेत्रीय अध्यक्ष तथा एडवोकेट माधव पोखरेल, महिला विभाग क्षेत्रीय सचिव जुना चालीसे, समता समाज केन्द्रीय भुपु सदस्य रामबहादुर नेपाली, रक्तिम विभागका लीला विक, समता विभागका विनु नेपाली, जनजाति विभागका थमन थापा र खेल विभागका पुरन थापा हुनुहुन्थ्यो ।

सो भेलाको कार्यक्रममा रक्तिमका कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई निकै रोचकता बनाएका थिए भने नगर सदस्य शमशेर केसीको “ ठिक छैन सरकार हाम्रो” शिर्षकको कविता र खिमराज चालिसे र जुना चालिसेले “मृत्यु त एकदिन आउनेछ पक्कै तर नि डर्दैनौ” नामक आफै रचित गित गाएर प्रस्तुती दिएका थिए ।

भेलाको अन्तमा पुरस्कार वितरण समारोह पनि सम्पन्न गरिएको थियो । मूल प्रवाह केन्द्रीय सल्लाहकार तिलक पौडयाल, सदस्य दिनेश खडका र क्षेत्रीय सदस्य प्रेम आचार्यले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कृत हुनेहरुमा वाल कलाकारहरु नम्रता भुसाल, बनिता अर्याल, तन्नु अर्याल, सिमरन खडका, रितु खनाल, सपना खनाल, इसा रोका, संझना विक, पुजा गुरुङ, संझना पुन, सुरज चालीसे, दिपक चालीसे, ललित खड्का, सन्दीप बिक, करन अर्याल, हेमराज विक, पवन बिक, करीश्मा बुढाथोकी, मोनीका पौडयाल, इनाइस पंथीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्र्त रक्तिम विभागका कलाकारहरु जुना चालीसे, रोमबहादुर विक, सरस्वता भुसाल, बिष्णु अर्याल, सिमा खड्का, दिनेश विक, अर्जुन विक, दुर्गा विक, शमशेर केसी, बिनु नेपाली, लिला विकलाई सम्मान पत्र तथा ट्राफी दिएर पुरस्कृत गरिएको थियो ।

अन्त्यमा मूल प्रवाह नगर समितिको तर्फबाट सचिव तेजबहादुर रोकाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here