घरेलु हिंसाको जोखिममा परेकी चेलिको सफल उद्धार !

0
275
Couple talking

दुर्गा गिरी/मस्कट, ओमान
२६डिसेम्बर २०१७ I विभिन्न द्वन्द र संक्रमणकालिन अवस्थालाई झेल्दै गणतान्त्रिक मुलुक बनेको नेपालले लामो समयपछी नयाँ संविधानको खाका कोरिसकेको छ।र त्यही संविधानलाई कार्यान्वयन गर्ने बाटोमा पाउला टेक्दै भरखरै तीन तहको चुनाव सम्पन्न भएता पनि अझै पनि भन्न सकिने अवस्था छैन कि देशमै रोजगार खुल्छ र नेपाली युवा बिदेशबाट फर्किने छन यसरी लामो समयसम्म राजनीतिक अस्थिरता,अस्थाई सरकारको बेवास्ता समेतको कारणले
आकाशीएको बेरोजगार, सुकेनाशले भेटेको अर्थतन्त्र तथा तीब्र महँगीको चपेटामा परेका नेपालीहरुको जीवनस्तर खडेरीको जुकासरी खुम्चेको छ।

विदेशी भूमिमा खुनपसिना बगाएर सस्तो मुल्यमा श्रम बेचिने भ्रमात्मक र कलात्मक उपनाम वैदेशिक रोजगार नेपालमा प्रमुख खेती बनेको छ ।त्यसैले त वाध्यतावश फेशनको रुप लिन पुगेको वैदेशिक रोजगार नेपाली भूमिमा निकै फस्टाएको छ। अत:नेपाली युवा जनशक्ती दिन दोगुना रात चौगुनाले नेपालदेखि बाहिरीने क्रम बढ्दो छ। र त्यही वाध्यताले पच्छ्याएको दा लामु तामाङ्को जिवन पनि।
“सास छउन्जेल आश” बाँचुन्जेल केही सुखद जीविका चलाउन अनेकौ सपना बोकेर कमजोर घरको आर्थिक स्थिति उकास्न आज भन्दा करिब अठार महिना पहिले वैदेशिक रोजगारीको सिलसिलामा घरेलुु कामदारको रुपमा ओमन छिरेकी मार्मिङ २-सिन्धुपाल्चोककी दा लामु तामाङ ओमनको साहम स्थित एक ओमानीको घरमा काम गर्दै आएकी थिइन ।प्राप्त जानकारी अनुसार सो घरमा मालिकबाटै पटक पटक घरेलुु हिंसाको दवावमा परेकी लामा रक्षाका लागि खरो प्रतिकार समेत गर्थिन।अन्त्यत आफू असुरक्षित हुने महसुस गरेपछी घर छोडेर नेपाल फर्किने सोंच्न वाध्य बनेकी लामाले ओमन नेपाली एकता समाजका एक व्यक्तिलाई फोन गरेर आफू माथी भएको अत्याचार सुनाएपछी कुरा बाहिर आएको हो । फोनमा आफ्नो उद्धार गरिदिन अनुरोध गरे पश्चात् ओमन नेपाली एकता समाजका एक व्यक्ति तत्काल उद्धारमा खट्नु भएको थियो।
दा लामु तामाङले काम गर्ने घर देखि लामो दूरीमा रहेको नेपाली राजदुतावास ओमन र ओमन नेपाली एकता समाजको सहयोगमा सफलतापूर्वक उद्धार गरी २१डिसेम्बर २०१७मा स्वदेश पुगिसकेको समचार प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here