गोविन्द बञ्जाडे पुनः अध्यक्ष चयन

0
162

पुस २१, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकटको यातायात मजदुर युनियन अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः गोविन्द बण्जाडे चयन हुनुभएको छ । सन्धिखर्कमा सम्पन्न छैठौं जिल्ला भेलाले अध्यक्ष बञ्जाडेको नेतृत्वमा ३ सल्लाहकार सहित १२ सदस्यिय जिल्ला समितिको सर्वसहमत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा शिव के.सी., सचिव महेश बुढा मगर, सह–सचिव भिम बहादुर खत्री र कोषाध्यक्षमा बिरु भट्टराई रहनुभएको छ । देवीराम वेल्वासे, वसना वस्याल, तिलक भुसाल र लक्ष्मण भुसाललाई सदस्यमा छनोट गरेको छ भने केशव बञ्जाडे र केशव भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।

यातायात मजदुर युनियनका केन्द्रीय अध्यक्ष गोविन्द विसी, राजमो जिल्ला अध्यक्ष थम्मन के.सी., अण्टुक जिल्ला उपाध्यक्ष तुल्सी गैरे र युनियनका जिल्ला सल्लाहकार शोभाखर भुसालले शुभकामना मन्तव्य राख्दै मुलुकमा भइरहेको महंगी र सामाजिक विकृतिका विरुद्ध सबै एकजुट हुनपर्नेमा जोड दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here