गोरुसिंगेमा बस दुर्घटना हुँदा १५ घाइते

0
152

मंसिर १४, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएको स्थानीय उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो । वहाँका अनुसार बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।

प्रहरीको अनुसार कृष्णनगरबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको हो ।

दुर्घटनमा परी १५ जना घाइते मध्ये ८ जनालाई जितपुरमा उपचार पछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएकोे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here