गुल्मी जीप दुर्घटना: नेपाली कांग्रेसका पूर्वसांसद भण्डारी सहित ३ जनाको मृत्यु, ७ घाईते

0
83

गुल्मी, २८ चैत । गुल्मी जिल्लाको मुसीकोट नगरपालिका-१ चिहानडाँडामा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा धुर्कोट गाउँपालिकाका ७२ वर्षीय नेपाली कांग्रेसका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भण्डारी सहित मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा, ८ वर्षीय ओस्कर विक रहेका छन् । मृतक रुद्रमणि शर्मा भण्डारी नेपाली कांग्रेसबाट निर्वाचित पूर्वसांसद हुन् । दुर्घटनामा २ जनाको घटनास्थलमै र १ जनालाई उपचारको लागि पाल्पा लैजाँने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मालिका गा.प.बाट बुटवलको लागि हिँडेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको थियो । १० जना यात्रु बोकेको उक्त जीप दुर्घटनामा परी घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सूर्य थापा, गाडीचालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here