गुल्मीमा राजमोको संगठनात्मक अभियान तिब्र

0
128

गुल्मीमा राजमोको संगठनात्मक अभियान तिब्र रुपमा अगाडि बढदै

गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीको एक महिने संगठनात्मक अभियानको क्रममा सोमबार कालीगण्डकी गाउँपालिका वडा नं. सात साजनकोटमा समिति गठन भएको छ ।

राष्ट्रिय जनमोर्चाकि केन्द्रिय सदस्य तथा कालीगण्डकी गाउंपालिकाकी उपाध्यक्ष कामरेड तारा थापा र मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय नेता कामरेड राम कुमार क्षेत्री र पुर्ण बहादुर थापाको उपस्थितमा गाउँ भेला भएको हो ।

भैलाले राष्ट्रिय जनमोर्चाको नयाँ वडा समिती निर्माण गरिएको छ। जसको अध्यक्ष मोतिलाल गिरि, उपाध्यक्षमा सवित्रा गिरि, सचिवमा कमला गिरि, सहसचिवमा डिला गिरि, कोषाध्यक्षमा रतन गिरि र सदस्यहरुमा हरिकला गिरि,चन्द्रकला गिरि,लक्ष्मी गिरि,चेतमान गिरि,पदम पुरी पुरन गिरि र भवर गिरि रहेको १३ सदस्यीय नयाँ समिति निर्माण भएको छ।

भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाकी नेता तारा थापाले देशलाई भ्रष्टाचार मुक्त पार्न सवै नेपाली जनताहरुलाई राष्ट्रिय जनमोर्चाको झण्डा समाउन आग्रह गर्नुभयो । त्यस्तै मुल प्रवाहका केन्द्रिय नेता राम कुमार क्षेत्रीले देश जोगाउन राष्ट्रबादी र क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चामा बिना सर्त समाहित हुन उपस्तिथि जनसमुदायलाई आव्हान गर्नुभएको थियो ।

यसैगरी मालिका गाउँपालिका आठमा पनि पाँच सदस्यीय समिति निर्माण भएको छ । राष्ट्रिय जनमोर्चा गुल्मिका अध्यक्ष जीवन रानाको अथिती र डम्बर जिसिको पहलमा गठन गरिएको उक्त समितिको अध्यक्षमा दुर्गा बहादुर केसि उपाध्यक्षमा चुमान बहादुर जिसि सचिवमा नारायण परियार र सदस्यहरु सीता जिसि र कमला जिसि रहनुभएको छ ।

उक्त अभियानमा संकर प्रसाद पोख्रेल प्रेम अर्याल र नित्यानन्द अर्यालको उपस्थिति रहेको थियो। अभियानको टोलिले सिमलटारि बजारमा प्रचा र अपिल बितरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here