गुडगावमा मूल प्रवाहको संगठन विस्तार

0
336

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति द्वारा सञ्चालित पूर्वी गुरुग्राम एरिया समिति अन्तर्गत सेक्टर ४५ मा टोल भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता लक्ष्मी खनालले र सञ्चालन धर्म केसले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई मन्तव्यबाट कृष्ण रेग्मीले स्वागत गरका थिए ।

भेलामा क्षेत्रीय समितिका कमल रायमाझी, एरिया समितिबाट कमल खनाल, दुर्गा राना, महिला विभागबाट सिता केसी लगायतले मन्तव्य दिनुभएको थियो ।

भेलाले राधा क्षेत्रीको अध्यक्षतामा टोल समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– कला भट्टराई, सचिव– सिर्जना बण्जाडे, कोषाध्यक्ष– मिना रेग्मी, सदस्यमा सिता केसी रहनु भएको छ । त्यस्तै सदस्यमा दुई स्थान रिक्त राखिएको छ ।

नाथुपुर टोल समितिको भेला सम्पन्न

त्यसैगरि सोही नगर समितिद्वारा सञ्चालित पूर्वी गुरुग्राम एरिया समिति अन्तर्गत नाथुपुर टोल समितिको भेला सम्पन्न भएको छ । मान बहादुर परियारको अध्यक्षता तथा निमराज ओलीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय समितिका कमल रायमाझी, नगर समितिका उपाध्यक्ष राम बहादुर विक, एरिया समितिका बसन्त नेपाली लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई ओवाराम बम्रेलले स्वागत गरेका थिए । तत्पश्चात क्षेत्रीय समितिका कमल रायमाझीले भेलाको विधिवत उद्घाटन गर्नुभएको थियो ।

भेलाले गुरु बहादुर पुनको अध्यक्षतामा नयाँ टोल समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– ओवाराम बम्रेल, सचिव– निमराज ओली, सहसचिव– शिवराज परियार, कोषाध्यक्ष– कमल पुन रहेका छन् । त्यस्तै सदस्यहरुमाः जित बहादुर पुन, लुमा थापा, मान बहादुर ओली, लुम बहादुर कार्की र मान बहादुर परियार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here