गुजरातको राजधानी गान्धिनगरमा एकता समाजको नगर समिति गठन

0
569
गान्धीनगर, १८ मई । गुजरातको राजधानी शहर गान्धीनगरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नगर समिति गठन गरेको छ । क्षेत्रीय समितिका प्रतिनिधि भिम बहादुर महतरा र मोहन बस्नेतको विशेष उपस्थिति तथा देवीराम थापा शंकर र विजय शर्माको पहलमा सो भेला सम्पन्न भएको थियो ।
भेलाले विजय शर्माको अध्यक्षतामा गान्धीनगर नगर समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– नारायण बहादुर हमाल, सचिव– देवीराम थापा शंकर, सहसचिव– मिना हमाल र कोषाध्यक्ष– खिमा विष्ट रहनुभएको छ । त्यस्तै सदस्यमाः राम हमाल, जीवन प्रधान, प्रशुराम थापा, प्रेम विसी, रोवर बुढाथोकी, खिम बहादुर विष्ट, भावना हमाल, सरस्वती शर्मा, मायाँ शाहा, सीता हमाल, लक्ष्मीप्रसाद कंडेल, सन्तोष खड्का रहनुभएको छ ।
विजय शर्माको अध्यक्षता तथा देवीराम थापा शंकरको सञ्चालन र नारायण बहादुर हमालको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । सो भेलामा चयन समितिलाई भिम बहादुर महतरा र मोहन बस्नेतले शुभकामना तथा बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here