गीत : पूर्वमा लाली उदाउँदै छ

0
203

रेशम विसी, दाङ

पूर्वमा लाली उदाउँदै छ
क्षितिजबाट नयाँ सन्देश लिएर १
उठ हे किसान जुट हे मजदुर
हँसिया र हथौडीको लाल झण्डा लिएर ११

गरीबमारा कालो कानुन कति सम्म सहने
सामन्तको जाँतोमुनी कतिसम्म रहने १
गणतन्त्र आयो भन्छन् ठूलाबडाहरुलाई
सामन्तले सताइरहन्छ अहिले पनि गरीबलाई १

पूर्वमा……………
क्षितिज…………..
उठ हे……………
हँसिया र हथौडीको……

युवा शक्ति छैन आज सुन फलाउने माटोमा
दिन दिनै हिँडिरहेछन् प्रदेशीको बाटोमा
देशको हाल आज झन बिग्रिएर जाँदैछ
विस्तारवादले देशको सीमा क्रमैसँग लादैछ १

पूर्वमा…………………….
उठ हे……………………
हँसिया र हथौडीको……………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here