गाउँपालिकाको निर्माण कार्य छोडी ठेकेदारलाई रोलर भाडामा

0
22

नवराज पौडेल
बैशाख १३, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो गाउँपालिकाले निर्माण गर्नुपर्ने बाटो निर्माण गर्न छोडीे रोलर शिवराज नगरपालिकाको बाटो निर्माण गर्नका लागी के.सी कन्स्र्टकशन चन्द्रौटालाई रोलर भाडामा दिएको पाइएको छ । गाउँपालिकाको वडा नम्वर ४ मा आर्थिक वर्ष २०७५/०७६ मा संञ्चालन भएको पुर्वधार विकास तर्फको उप शिर्षक १.८ मा रहेको भु.पु बस्तीमा माटो पटान तथा गा्रभेल गर्नका लागी माटो पटान भइसकेकाले माटो रोलिङ् गर्नका लागी रोलर आवस्यक भएकाले वडा नम्वर ४ का वडा अध्यक्षले गाउँपालिकामा यही बैशाख ३ गते निवेदन दिएपनि निवेदनको कुनै सुनुवाई नभएपछि आफै कार्यालयमा पुगी सोधपुछ गर्दा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मर्मतका लागी बाहिर पठाइएको जानाकारी दिएको वडा अध्यक्ष तिलकराम कडेल ले बताएका छन् । समयमा बाटो निर्माण नसकिंदा जनताले सास्ती खेप्नु परेको भन्दै कडेल ले आक्रोस व्याक्त गरेका छन् ।

यता के.सी कन्टक्शनका प्रोपराइटर गणेश के.सीले रोलर भाडामा लिइएको स्वीकार गरेका छन । हामीले फोनमा भाडादर कति हो ? भन्दा आफुलाई भाडा कति भन्ने बारे कुनै जानकारी नभएको बताएका छन् । गाउँपालिकामा कुनै योजना नभएकाले प्रति घण्टाको (२५००) दुइ हजार पांच सय रुपियाका दरले रोलर भाडामा दिइएको गांउपालिका योजना शाखाका बाल बहादुर थापाले जानाकारी दिएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले भने आफुलाई यस बारेमा कुनै जानाकारी नभएको बताएका छन् । गांउपालिका को कामकाजका बारेमा कुनै जानकारी नहुनुमा चौधरीमाथि प्रश्न चिन्ह खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here