गजल

0
374

कसरी कट्छन् रात नसोध परदेशीलाई
ठेला परेका हात नसोध परदेशीलाई

बर्बरी झर्झन् आँसू फोनमा उनीसंग बोल्दा
के कस्ता भए बात नसोध परदेशीलाई

पसिना धारा पोख्दै खटिनु पर्छ दिन रात यहाँ
दुखै दुखका खात नसोध परदेशीलाई

कहिले भोक भोकै कहिले प्यासै यो घाममा
खायौ खाएनौ भात नसोध परदेशीलाई

बेचेर घर बारी आएको हामी परदेश
सम्पतिको औकात नसोध परदेशीलाई ।
।।

केशव गाहा, पाल्पाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here