गजल

0
184

नवीन बस्याल, प्यूठान
हाल जापान

बाध्यताले परदेशमा ज्यान फालेको छु
काँडै काँडामा टेक्दै यी कदम चालेको छु

अन्धकार चिर्दै किरण आउँछ बस्तीमा
मुटु भरी मैले आशाको दीप बालेको छु

भबिस्यलाई सम्झिदै बिगतलाई बिर्सी
फाटेको मन बिस्तारै बिस्तारै टालेको छु

कष्टमा मान्छेको इमान बेचिनु हुँदैन
आमा बुवाको यही संस्कार अंगालेको छु

देशको निम्ती खून चढाउन तैयार सधै
मैले भन्दीन कहिल्यै आँशु खसालेको छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here