गजल

0
183

केशव गाहा पाल्पाली

घोटालै घोटालाले पीड़ित छ मेरो देश
भ्रष्टाचारी नेताले पीड़ित छ मेरो देश

बुद्ध सीता भृकुटी जन्मेको गर्व के गर्नु 
बढ्दो हत्या हिंसाले पीड़ित छ मेरो देश

शब्द शब्दमा झुट बोलेर हिडने नेताको
भाषण र नाराले पीड़ित छ मेरो देश

मंत्री बनेका नेतालाई दिल्ली पुग्नै पर्ने
छिमेकीको आज्ञाले पीड़ित छ मेरो देश

काम खोज्दै युवा परदेश धाउनै पर्ने 
बेरोजगारी समस्याले पीड़ित छ मेरो देश ।
।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here