गजल

0
161
गजल
तुलशा सुवेदी, चेन्नई

फाटेको मन सिलाई दिने सरकार कता छ ।
सबैको कुरा मिलाई दिने सरकार कता छ ।।

जनयुद्धमा लडदा लडदै मरे हजारौं जना ।
सबैलाई अमृत पिलाई दिने सरकार कता छ ।

छुवाछुतको भुमरीमा परेका छन् लाखौं यहाँ
सबैलाई न्याय दिलाई दिने सरकार कता छ ।

बालिकादेखि वृद्धासम्म बलत्कृत भएका छन् ।
घटनाका दोसीलाई समाई दिने सरकार कता छ ।

रोजीरोटीका लागि लाखौं भौतारिएका छन्
देशमै रोजगार मिलाइ दिने सरकार कता छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here