गजल

0
130

आजाद अजवनी

हो जुनसुकै खोलाको बिस्वास नगर्नु
र च्यातिएको झोलाको बिस्वास नगर्नु

खुकुरीधार टल्कदंैमा त्यो हाासेको हैन
यी मान्छे, बम गोलाको बिस्वास नगर्नु

सुन्दरतामाथि प्रेम होला प्रेमभित्र पिडा
झिलिमिली चोलाको बिस्वास नगर्नु

ए रोगी हो राख मन्दिरमा औषधी र डाक्टर
त्यो साले बमभोलाको बिस्वास नगर्नु

हिंड्नु एउटै बाटो काँढा होस् या ढुङगा
त्यो होला की यो होलाको बिस्वास नगर्नु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here