गजल

0
175
– कमला क्षेत्री
वारि मारिन्छन् पारि मारिन्छन्
देशैभरि नारी मारिन्छन्
गरिबमारा र लाचार सरकार छ हाम्रो
छोरीहरु बारीबारी मारिन्छन्
पूर्व मेची होस् या महाकाली
रोकिदैन यो कार्य घरिघरी मारिन्छन्
जसको हातमा कानुन उसै ो राज चल्छ
नेपालमा इमानदारी मारिन्छन्
माथि बसी रमिते भा’छौ यो स्वीकार हुँदैन अब
वृद्ध अनि बच्चा नभन्ने बलात्कारी कैले मारिन्छ
(नवलपरासी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here