गजल: साँध सारेरै आतंक मच्चायो

0
27
सुरेशकुमार पान्डे

-सुरेशकुमार पान्डे

कहिले साँध सारेर आतङ्क मच्चायो,
कहिले नाका बारेर आतङ्क मच्चायो।

अरुलाई आतंकवादी भनेर नथाक्ने ले,
हेर मूल बाटो खारेर आतङक मच्चायो।

सन्धि गर्छ सम्झौता गर्छ असमान सदै,
छिमेकी तल पारेर आतङ्क मच्चायो।

पठायो आफ्ना ऐजेन्टहरु नपताए हेर,
भाई भाईलाई नारेर आतङक मच्चायो।

भन्छ रोटी बेटिकै साईनोछ हाम्रो बिच,
त्यस्ले बिकाश टारेर आतङक मच्चायो।

जमिन सँग लगेका हाम्रा शन्तान लाई,
बिभिन्न निहुँमै चारेर आतङक फैलायो

छानेर लग्यो होनहार युवाशक्तिहरु हेर,
बोर्डरहरु मा मारेर आतङक मच्चायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here