गजल : मसाल बाल्न उठ

0
84
नवीन बस्याल, प्यूठान हाल जापान

गजल

धरापमा छ मुलुक मसाल बाल्न उठ
भ्रष्टाचारी शाषक हरुलाई ढाल्न उठ ।

भोकै, नांगै छन ति गरीब र किसान
उनका फाटेका मन मस्तिष्क टाल्न उठ ।

सिमानामा ढालिंदैछ जंगे पिलर हेर
राष्ट्र प्रर्तिको लडाइलाई अङ्गाल्न उठ ।

भत्केेेका छन हजारौ पुर्खाका पहिचान
मिलेर वीरका ईतिहाँस सम्हाल्न उठ ।

सत्ता फेरियो कुर्ची बदलियो तर पनी
भएन सुख जन आन्दोलन उचाल्न उठ

नवीन बस्याल
प्यूठान , स्वर्गद्वारी नगरपालिका ,२

हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here