गजल: चोर घरभित्रै भयपछि बाहिरको चोर पाहुँना हुँन्छ

0
100

-सुरेशकुमार पान्डे

बुजुर्वा बिचार धारामा मननै गालेर बर्वाद पारे,
पुँजिवादी राजनितिमै क्रांति ढालेर बर्वाद पारे।

कुरैता हो मित्र जस्ले जे भने पनि हुँनेरैछ यँहा,
झुठा अनावस्याक गफ गर्न थालेर बर्वाद पारे।

पसेर संसद मा भन्छन बुजुर्वाको गफडि थलो,
उनैले नै सडकमा छँदा टाएर बालेर बर्वाद पारे।

सबैलाई थाहाछ दुश्मन कोहो देश र जनताको,
तर निजि स्वार्थकै लागि दुष्ट पालेर बर्वाद पारे।

बिडमबना नै भनौँ देशले अग्रगति छोप्नेबेला मै,
नयाँ रोग संघियता देश भित्र हालेर बर्वाद पारे।

सरकारका समाजवादी गफ त छता छुल्लै छन,
तर पाईला साम्राज्यवाद तर्फनै चालेर बर्वाद पारे।

सबै ढुङ्गा मुडा जल जमिन छिमेकिलाई दानगर्दै,
आफ्नो ईज्जतपनि त्यतै तिर फालेर बर्वाद पारे।

चोर घरभित्रै भयपछि बाहिरको चोर पाहुँना हुँन्छ,
सेते भन्छ एमसिसी ले नै मुख टालेर बर्वाद पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here