गजल: गरिबलाई गास न बास गराएर छाड्यो

0
25
सुरेशकुमार पान्डे

गजल

-सुरेशकुमार पान्डे

बिदेशी बतासले हतास गराएर छाड्यो,
संसार सबै लाई निराश गराएर छाड्यो।

थर-थर काँपेकाछन शक्ति सम्पन्न देश,
गरिबलाई गास न बास गराएर छाड्यो।

मानव जगतमा भईनैरहे आपत बिपत,
यो बेला नभयकै खास गराएर छाड्यो।

फैलिन बाट रोक्न लगायो लकडाउन,
जस्ले मज्दुर अबकास गराएर छाड्यो।

कति बाँच्लान मज्दुर गास र बास बिना,
संसारकै मज्दुरको नाश गराएर छाड्यो।

हेरन सर्व शक्तिमान को असाए अबस्था,
बाँचेकापनि ज्युँदा लास गराएर छाड्यो।

दुईसय देश पार गरेको यो मानव दुश्मन,
असि हजार मृत्युमै पाश गराएर छाड्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here