गजल: के सुनाउ साथी यो देशको खवर

0
46

नवीन बस्याल प्यूठान
हाल जापान

न हत्या हिंसा बन्द भयो न भ्रष्टाचार
के सुनाउ साथी यो देशको समाचार ।

सत्तामा बसी देशको ढुकुटी लुटेर
ति चोर दलालले मचाए हाहाकार ।

महँगी उस्तै छ फेरिएन यो ब्यबस्था
दिन प्रतिदिन महँगीदैछ बजार ।

शहीदको सपना जस्ताको त्यस्तै रह्यो
लुटेराहरुलाई कुर्ची कै छ हतार ।

उठ सर्वहारा जुट संघर्षको निम्ति
कति दिन सहने अन्याय अत्याचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here