गजलः सपना

0
362

  • केशव गाहा पाल्पाली

नोकरी खोज्दै बिदेशी धर्ति चुनेर आएको
धेरै भो साथी सपना मिठो बुनेर आएको
।।
असह्य थियो कठिन पल बिछोड हुँदामा
ताजैछ अझै आँखामा आँशु थुनेर आएको
।।
अतीनै पिंडा सहेर बस्छन् बिरानो ठाउँमा
धेरैनै भेटें अर्कैको कुरा सुनेर आएको
।।
कमाई धन दुःखीको दिन सपार्ने सपना
अधूरै रह्यो यो मन भित्र गुनेर आएको
।।

सोंचेको जस्तो सजिलो छैन विदेशी भूमिमा
टुट्छ कि कतै आशाको डोरी तुनेर आएको ।
।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here