खिया लागेको दिमागलाई सफाई गर्नु पर्ने हुन्छ : रेग्मी

0
228

हैदरावाद, ३० अगस्त । अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले कतिपय हाम्रो दिमागमा खिया लागेको हुन सक्ने र सो खिया सफाइ गर्नको निमित्त बीचबीचमा प्रशिक्षण गर्नुपर्ने अति आवश्यकता औल्याउनु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदरावाद नगर समितिको आयोजनामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन मन्तव्यमा रेग्मीले सो अभिव्यक्ति दिनुभएको हो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात् गिर बहादुर कार्कीले मन्तव्य दिनुभएको थियो । तत्तपश्चात रेग्मीले दीप प्रज्वल्लित गरि प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको थियो । “संगठन र अनुसासन” लगायत विभिन्न समसामयिक विषयमा पनि रेग्मीले व्यापक प्रशिक्षण दिनुभयो ।

वीर बहादुर बि.क.को अध्यक्षता र भुपाल ठाडा मगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय वैकल्पिक सदस्य खिम बहादुर बि.क., केन्द्रीय सल्लाहकार राम कुमार क्षेत्री, क्षेत्रीय सदस्य चेतन शर्माको पनि आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here