खाडी तेल र अमेरिका खनिज बेचेर धनी भए जसरी नै नेपाल पानी बेचेर धनी बन्न सक्छ : पोख्रेल

0
919
फरीदावाद, २१ अप्रेल ।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिको १८ औं नगर सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको छ । केसीले उद्घाटन मन्तव्यमा एकता समाजको सबैभन्दा पुरानो नगर समिति फरीदावाद रहेको बताउनु भएको थियो । वहा“ले भन्नु भयो– “भारत प्रवासमा एकता समाजको स्थापना भएको १५ दिन पछि गठन भएको यो नगर समितिले आज आफ्नो इतिहा“सिक १८ औं सम्मेलन सम्पन्न पार्न गइरहेकोमा सम्पूर्ण कार्यकर्ताहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दछु ।” राष्ट्र र राष्ट्रियतामाथि खतरा मडारी रहेको परिवेशमा सम्पन्न यो नगर सम्मेलन अभियानको अत्यन्तै महत्व राख्ने बताउनु भयो ।
सम्मेलनका विशिष्ट अतिथि बाशुदेव पोख्रेलले देशको वर्तमान राजनीतिक विषयमा मन्तव्य दिएका थिए । “देश संघीयता नाम विष वृक्षले जगडेमा देशको अर्थतन्त्र चौपट भएर असफल बन्ने पक्का छ ।” उनले भने “साम्प्रदायीकता द्वन्द्व मिसिएर आएको यो संघीयताले नेपाल र नेपाली जनताको पक्षमा छैन ।” पोख्रेलले भारत लगायत अन्य विदेशी शक्तिहरुले आफ्नो स्वार्थ अनुरुप काम गर्नका लागि नेपालमा संघीय व्यवस्था लादिएको बताए ।
नेपालको आफ्नो साधन श्रोतहरु हु“दाहु“दै पनि राष्ट्रवादी सरकारको अभावमा नेपाल र नेपाली जनताको अवस्था दयनीय भएको पोख्रेल भने । नेपाल भन्दा साना देशहरु विश्वमा कैयौं हु“दाह“ुदा “खाडीका देशहरु तेल बेचेर धनी भए, अमेरीका र युरोपीयन देशहरु खनिज पदार्थको विक्री गरेर धनी भए जस्तै नेपाल पानी बेचेर धनी बन्न सक्छ ।” देश र जनताको पक्षमा काम गर्ने गतिलो राष्ट्रवादी सरकार भएमा दश वर्षमा नेपाल विश्व मै शक्तिशाली देश बन्न सक्ने पोखे्रेलको धारणा थियो ।
नगर अध्यक्ष वि. शंकर पराजुलीको अध्यक्षता र सचिव चन्द्र अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य बासुदेव पोख्रेलले संगठनात्मक अनुशासन र वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य दिनु भएको थियो ।
मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल, क्षेत्रीय अध्यक्ष लाल चन्द पंत र अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मीको आतिथ्यता रहेको थियो । लालचन्द पन्तले सम्मेलन सफलताको  शुभकामना मन्तव्य दिनुभएको थियो । उद्घाटन समारोहमा उपस्थित प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरुलाई सुर्य बहादुर क्षेत्रीले स्वागत गर्नुभएको थियो ।

घोषणा सभा

२२ अप्रेलका दिन घोषणा सभा सम्पन्न भएको  थियो । सूर्य बहादुर क्षेत्रीको अध्यक्षता तथा रमेशचन्द क्षेत्रीको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा मूल प्रवाहका केन्द्रीय समितिका अध्यक्ष दुर्गा बहादुर केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बाशुदेव पोख्रेल, मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य दिपक भुसाल, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष लालचन्द पन्त, रक्तिम क्षेत्रीय विभागका पहलसिंह परियार, जनजाति विभागका थम्मन राना, समता केन्द्रीय विभागका राम बहादुर विक, महिला क्षेत्रीय विभागकी माया“ विसी लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनले बाबु राम विष्टको अध्यक्षतामा नया“ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– किसन जिसी, सचिव– बलबहादुर रेश्मी, सहसचिव– धर्म खनाल र कोषाध्यक्ष– मान सिंह विष्ट रहेका छन् । त्यस्तै सदस्यमाः चन्द्र अधिकारी, रमेश चन्द्र क्षेत्री, खेम न्यौंपाने, किशन पुन, सूर्य बहादुर क्षेत्री, मान बहादुर पाण्डे, माया“ गुरुङ, विष्णु विसी, अशोक कुंवर, विरु चन्द, शोभाखर ज्ञावली, कमल भट्टराई, वैकल्पिक सदस्यमाः मधु भुसाल, उमेश जिसी, माधव शर्मा, नविन खनाल र माया“ विसी रहेका छन् । त्यस्तै सम्मेलनले थम्मन थापा, लक्ष्मण श्रेष्ठ, वेदराज आचार्य, सकुन्तला थापा, लोकराज थापा, रण बहादुर थापा र किसन नेपालीलाई सल्लाहकार चयन गरेको छ ।
नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय समितिका अध्यक्ष लालचन्द पन्तले गरेका थिए ।
प्रवासी नेपाली संघ भारतका चिन्तमणी न्यौंपाने, अखिल भारत नेपाली एकता मञ्चका मदन सिंह धामी, गोर्खा सुधार सभाका कमल क्षेत्रीले वधाई मन्तव्य दिएका थिए । त्यस्तै मूल प्रवाह गुडगाव नगर समितिका गोपाल भट्टराई, नई दिल्लीका शिव केसी, पुरानी दिल्लीका हरिश शाही, ओखलाका तिलक पाण्डे, ग्रेटर नोएडाका ओम बहादुर विक, पूर्वी दिल्लीका चक्रसिंह केसी, अखिल नेपाल किसान संघकी गुनकुमारी रेश्मी, केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, सचिव ठाकुर खनाल, विद्यार्थी दिपक भुसाल, रक्तिमका पहल सिंह परियार, समता विभागका राम बहादुर विक, जनजाति थम्मन राना र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बाशुदेव पोख्रेलले बधाई मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here