खस नेपालका अनार्य आदिवासी

0
235

– डा. श्यामसुन्दर शेर्पा

भारतीय उपमहाद्वीपमा प्राप्त अहिलेसम्मका सम्पूर्ण ऐतिहासिक, भौगोलिक, पुरातात्विक, सांस्कृतिक, भाषिक, धार्मिक आदि प्रमाणहरूलाई केलाएर हेर्दा ‘खस’समेत भनिने क्षेत्रीहरू ढुंगे–धातु युगको चौथो सहस्राब्दीको ३५०० इश्वीपूर्वतिर नै सिन्धु तथा नेपाली सभ्यताहरूलाइ सिर्जना गरेर चरमोत्कर्षतामा उतार्न सफल भएका र भारतीय उपमहाद्वीपकै मूलबासी आग्नेयी मूलका अनार्य शेर्पा अािदवासीहरूका वंशजहरू ठहरिन्छन् । त्यसैले, यिनीहरू पनि नेपालका आदिवासीहरू हुन् भनेर प्रमाणित हुन्छन् ।

‘खस’ शब्द शेर्पा भषाका ‘ख (मुख)’ र ‘श(मासु)’ भन्ने शब्दहरूको संयोजनबाट बनेर ‘मुखमा मासु हुने मानिसहरू हुन्’ भनेर अर्थिइ सिकारी युगका मांसाहारी जातिका मानिसहरूको ‘तपाईंको मुखमा मासु नै मासु परोस्’ भन्ने उखानलाई चरितार्थ गरेर पशुपालन युगको ‘तपाईको मुखमा दूर र भात परोस्’ भन्ने उखानको जग बसाएको देखिएबाट मूलरूपमा स्पष्ट हुन्छ । यसबाट यी खसहरू अनि नाग्नेयी मूलका शेर्पा आदिबासीहरूजस्तै सिकारी गुगका मांसाहारी जातिका मानिसहरका वंशजहरू हुन् भन्ने कुरालाई संकेत गरेको बुझिन्छ ।

आग्नेयी मूलका शेर्पा आदिवासी सिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने कुरालाई संकेत गरेर नै अहिले पनि शेर्पा भाषामा शेर्पा जनाका मानिसहरलाई ‘शरब’ भनिन्छ । शेर्पा भाषाको यस ‘शरब’ भन्ने शब्दलाई अपभ्रंशको रूपमा प्रयोग गरेर ‘दानव’ भन्ने अर्थमा ‘शरब’ भनि आग्नेयी मूलका शेर्पा आदिवासीहरू सिकारी युगका मांशाहारी जातिका मानिसहरू हुन् भन्ने कुरालाई संकेत गरेको बुझिन्छ । यस तथ्यलाई यो ‘शरब’ भन्ने शब्दले पनि शेर्पा भाषाकै ‘श (मासु)’ ‘र (बाख्रा) तथा ब/बस्तु (वस्तुभाउ)’ भन्ने शब्दहरूको संयोजन गरेर ‘बाख्राहरूका साथै वस्तुभाउको मासु खानेहरू’ भनि अर्थिएर सिकारी युगको परम्पराको अर्थबोध गरको देखिएबाट पनि पुष्टि गर्न सकिन्छ । शेर्पा भाषाको यस ‘शरब’ भन्ने शब्दलाई अझै अपभ्रंश गरेर ऋग्वेदकै मूलग्रन्थ ऐतरेय ब्राह्मणमा पनि, माथि भनिएझैं ‘शवरा:’ भनी उल्लेख गरेको पाइन्छ । संस्कृत भाषामा ‘शवर’ भन्ने शब्दले अनार्य जातिलाई बुझाएको देखिनुका साथै तिब्बती भाषामा यसैबाट अपभ्रंश भएको ‘शवरी’ भन्ने शब्दको अर्थ ‘शिकारी जाति’ हुन गएको देखिन्छ । यसबाट यी खसहरूका साथै शेर्पा जातिका मानिसहरू सिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने बुझिन्छ ।

यस तथ्यलाई यी दुवै जातिका मानिसहरूले आफूहरू छैठौं शताब्दी इश्वीपूर्वदेखि वर्तमान समयसम्म जन्मसिद्ध बौद्धमार्गी भएर पनि आफ्ना जन्मदेखि मृत्युसम्मका सम्पूर्ण सांस्कारिक कार्यक्रमहरूमा सिकारी युगको परम्पराको अर्थबाध गरेर भाङ–धतुरो खाएर मस्त हुने शिवका सिकारी रूपका मानिसहरू जस्तै भएर अनिवार्य रूपमा सुँगुर, राँगा, गोरू आदिको मासुको साथमा जाँड–रक्सीको प्रयोग गरेर आफ्ना पुरोहितहरू मार्फत् पूजा–आजा गरेका पाइएबाट वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ । त्यसैले, अन्य जातिका मानिसहरूले यी खसहरूलाई पनि शेर्पाहरूलाई जस्तै गरी जाँड खाने जातिका मानिसहरू भनी ‘जाँडे/जाँडे’ वा ‘मतवाली क्षेत्री’ समेत भनेका देखिन्छन् । तर, अधिकांश इतिहासकारहरूले भने जाँडेहरू भनेका तिब्बतीहरू (भोटेहरू) हुन् र खसहरू भनेका जाँडेहरू नभई ककेसियाली मूलका आर्यहरू हुन् भनेर अज्ञानताको दलदलमा फसेका देखिन्छन् । तर, यी खसहरू आर्यहरू नभई पछिल्लो ऐतिहासिक कालखण्डमा आर्य भएका देखिन्छन् । सामान्यतया खास किसिमका खसहरू तागाधारीका रूपमा रहेका देखिए तापनि हरेक कामधाम आदि क्रियाकलापबाट आर्यहरूभन्दा फरकै देखिनछन् । त्यसैगरी, यी दुवै तागाधारी खसहरू र गैरतागाधारी खसहरूका जातीय थरहरू अहिले पनि एकै किसिमका भएका देखिन्छन् । जस्तै बुढा, बोहरा, रोकाया, ऐदी, बस्नेत, राहुल, पहतारा, थापा, रावल, भण्डारी, खड्का आदि । यसबाट यी तागाधारी क्षेत्रीहरू पनि आग्नेयी मूलका शेर्पा वंशी खस आदिवासीहरूकै वंशका रहेछन् । यिनीहरूले पनि आर्यहरूको देखासिकी गरेर पछिल्लो ऐतिहासिक कालखण्डमा तागाधारी बनेका रहेछन् भन्ने तथ्यको पुष्टि हुन्छ । यस तथ्यलाई १६ औं शताब्दी इश्वीका केही खसहरूले जुम्लाका कल्यालराजा गगनिराजबाटै जनै पाएर तागाधारी क्षेत्री बनेका देखिएबाट पनि पुष्टि गर्न सकिन्छ । यसका साथै, यस तथ्यलाई नेपालको सुदूरपश्चिम पहाडी भेकमा आजसम्म पनि इच्छुक खसहरूले ब्राह्मण पुरोहितहरूबाट जनै लिएर तागाधारी क्षेत्री बन्ने प्रचलन रहिरहेको पाइएबाट पनि पुष्टि गर्न सकिन्छ ।

यसबाट गैरतागाधारी खसहरू मात्र होइन तागाधारी क्षेत्रीहरूसमेत आग्नेयी मूलका शेर्पा आदिवासीहरूका वंशजहर हुन् भन्ने पुष्टि हुन्छ । यस तथ्यलाई यी गैरतागाधारी खसहरूका मात्र होइन यी तागाधारी क्षेत्रीहरूका समेत पनि केही हदसम्म शेर्पाहरूका जस्तै कालो तथा खस्रो केश, गहुंगोरो वर्ष, आँखाको कालो नानी, हाचो नाक, ठिकैको कद आदि शारीरिक विशेषताहरू भएका देखिएबाट पनि वस्तुगत रूपमा पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ । यसका साथै, यस तथ्यलाई अहिले पनि यस उपमहाद्विपमा विशेष गरी नेपालका हिमाली तथा पहाडी प्रदेशहरूका खड्का, बस्नेत, बोहरा, थापा, भण्डारी, कार्की, खत्री आदि तागाधारी क्षेत्रीहरूले पनि यस उपमहाद्विपका शेर्पाहरूले जस्तै गरी विभिन्न चाडपर्वहरूमा विशेष गरेर दशैंपर्व मनाउने बेलामा अष्टमीको रातमा दुर्गा भवानीलाई जाँड/रक्सी चढाउनुपर्ने परम्परा भएको देखिएबाट पनि वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ ।

हेक्का रहोस्, नेपालका हिमाली तथा पहाडी प्रदेशहरूका यी तागाधारी क्षेत्रीहरूलाइ पनि अन्य जातिका मासिनहरूले गाति गलौज गरी अपमान गर्दा ‘खस’ भनेका देखिन्छन् । यसबाट पनि गैरतागाधारी खसहरू भन्नु त तागधारी क्षेत्रीहरू भन्नु एउटै कुरा हो र यी खससमेत भनिने क्षेत्रीहरू पनि शेर्पा जातिको छ्याङ् (जाँड) सांस्कृतिकको अर्थबोध गर्ने शेर्पाहरूको ‘छ्याङ–मी’ भन्ने देवाली पर्व मान्ने आग्नेयी मूलका शेर्पावंशी अनार्य आदिवासीहरू हुन् भनेर प्रमाणित हुन्छन् ।

(लेखकसँग त्रिभुवन विश्वविद्यालयमा तीन दशक लामो प्राध्यापन अनुभव छ ।)
साभार : राजधानी दैनिक, ११ जेठ, ०६६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here